एभरेष्ट बैंकको नयाँ शाखा नुवाकोटको दुप्चेश्वर र बट्टारमा

Technology Khabar १३ जेष्ठ २०७५, आईतवार

एभरेष्ट बैंकको नयाँ शाखा नुवाकोटको दुप्चेश्वर र बट्टारमा
Classic Tech
Nepal Telecom

काठमाडौं । एभरेष्ट बैंकले नुवाकोटको दुप्चेश्वर र बट्टारमा आफ्नो शाखा संचालनमा ल्याएको छ ।

बट्टार शाखाको समुद्घाटन बिदुर नगर पालिकाका मेयर सन्जु पन्डित र बंैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्तरुपमा गरे ।
यसैगरि, दुप्चेश्वर शाखाको समुद्घाटन दुप्चेश्वर गाउँँ पालिकाका अध्यक्ष योबिन्द्र सिं तामाङ्ग र बंैकका प्रमुख कार्यकारी अधिकृत सेठले संयुक्तरुपमा गरेका थिए ।

यस बैंकको ग्राहकहरुको संख्या साढे नौ लाख भन्दा बढि रहेको छ भने हालै भएको क्यामेल रेटिंगमा एभरेष्ट बैंक दोस्रो स्थानमा परेको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जालमार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।

TK Viber

प्रकाशित: १३ जेष्ठ २०७५, आईतवार

Comments are closed.

Loading...