एन्ड्रोयडका कयौं डिभाइसमा प्रि-इन्स्टल्ड भाइरस भेटियो, यी ब्राण्डका स्मार्टफोन नकिन्नुस

Technology Khabar ११ जेष्ठ २०७५, शुक्रबार

एन्ड्रोयडका कयौं डिभाइसमा प्रि-इन्स्टल्ड भाइरस भेटियो, यी ब्राण्डका स्मार्टफोन नकिन्नुस
Classic Tech

काठमाडौं । तपाईँ एन्ड्रोयड स्मार्टफोन चलाउनुहुन्छ भने सतर्क रहनुहोस कतै तपाईँको स्मार्टफोनमा भाइरस त छैन् । एन्ड्रोयड स्मार्टफोनमा प्रि-इन्स्टल अर्थात पहिलेदेखि नै राखिएको एउटा नयाँ भाइरस पत्ता लागेको छ ।

एन्टिभाइरस बनाउने कम्पनी अभास्ट थ्रेट ल्याबले हालै विभिन्न कम्पनीका एन्ड्रोयडमा आधारित स्मार्टफोनहरुमा नयाँ भाइरस पत्ता लगाएको हो । यो भाइरस चिनियाँ ब्राण्ड जेडटिई (ZTE), आर्कोस (Archos) र माईफोन(myPhone) र प्रेस्टिजिओ(Prestigio) लगायत कम्पनीका स्मार्टफोनहरुमा पहिलेदेखि नै राखेर ग्राहकहरुलाई बिक्री गर्दै आएको पाईएको हो ।

यी ब्राण्डका स्मार्टफोनहरुमा कोसिलून (Cosiloon) नामक भाइरसले स्मार्टफोनको स्क्रीनको माध्यमबाट फोनमा आक्रमण गर्ने गरेको छ ।

यी ब्राण्डमा प्रयोग हुने अपरेटिंग सिस्टमलाई गूगलले हालसम्म प्रमाणिकरण समेत गरेको छैन् । यसको अर्थ यी ब्राण्डका फोनहरुमा कम्पनीले आफ्नो हिसाबले भाइरससहितको सफ्टवेयर हाल्ने गरेको भेटिएको हो ।

अभास्ट थ्रेट ल्याबले विश्वभर १८ हजार भन्दा बढि स्मार्टफोनहरुमा यस्तो प्रकारको भाइरस पत्ता लगाएको हो । सो ल्याबले उल्लेख गरिएका ब्राण्डका विभिन्न मोडलका स्मार्टफोनमा पहिलेदेखि नै राखिएको भाइरस पत्ता लगाएको जानकारी दिएको छ ।

स्मार्टफोनहरुमा राखिएको भाइरस पत्ता लागेपनि यस्तो भाइरस हटाउन असम्भब रहेको ल्याबले उल्लेख गरेको छ । यस्ता भाइरसहरु कम्तिमा ३ वर्षदेखि ती डिभाइसहरुमा राखिएको बताईएको छ । यस्तो भाइरस फार्मवेयरको तहमा रहेको र अनस्टल गर्न कठिन रहेको हुँदा यो रहस्यमय रहेको ल्याबको भनाई छ ।

यो भाइरसका कारण हजारौं प्रयोगकर्ताहरु प्रभावित भएका छन भने यसको पछिल्लो नयाँ भर्सन १८ हजार भन्दा बढि डिभाइसहरुमा प्रयोगमा रहेको अनुमान गरिएको छ । यी सबै अभास्टको मोबाइल सेक्यूरिटी प्रयोगकर्ताहरुको माध्यमबाट थाहा भएपनि यसभन्दा बढि प्रभावित भएको अनुमान गरिएको छ ।

माथि उल्लेख गरिएका जेडटिई, आर्कोस र माइफोनमध्ये जेडटिई ब्राण्डका स्मार्टफोनहरु नेपालमा पनि आधिकारिक रुपमा बिक्री बितरण हुँदै आएको छ । यस्तो भाइरसबाट प्रभावित १०० भन्दा बढि देशका प्रयोगकर्ताहरु रहेको र सबैभन्दा बढि असर रसिया, इटाली, जर्मनी, बेलायत, युक्रेन, पोर्चुगल, भेनेजुयला, ग्रीस, फ्रान्स र रोमानियाका यूजरहरुलाई परेको छ ।

यो भाइरस हटाउन गूगलले पनि आवश्यक कदम चालिसकेको छ । गूगलले प्ले प्रोटेक्टलाई अपडेट गरेको छ भने प्रि इन्स्टल गरिएको भाइरस भएको हुँदा समस्या समाधान गर्न कठिन भएको छ।

कसरी काम गर्छ यो भाइरसले

अभास्ट थ्रेट ल्याबकाअनुसार फोनमा प्रि-इन्स्टल गरिएको एडवेयरलाई अध्ययन गर्दा यो भाइरसको बारेमा थाहा लागेको हो । यो भाइरसको बारेमा यसअघि नै डा. वेबले बिश्लेषण गरिसकेको थियो । यो भाइरसले यूजरको स्मार्टफोनको डिस्प्लेमा सिधै विज्ञापन देखाउँछ भने यूजरको ब्राउजरमा कुनैपनि वेबपेज चलाउँदा त्यसलाई छोपेर पुरै विज्ञापन देखाउँछ। यस्तो एडवेयर विगत ३ वर्षदेखि सक्रिय रहेको दाबी गरिएको छ ।

स्रोत  माध्यम

TK Viber

प्रकाशित: ११ जेष्ठ २०७५, शुक्रबार

Loading...