सेञ्चुरी कमर्सियल बैंकको सेवा बुढानिलकण्ठ नगरपालिकामा

Technology Khabar १० जेष्ठ २०७५, बिहीबार

सेञ्चुरी कमर्सियल बैंकको सेवा बुढानिलकण्ठ नगरपालिकामा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बुढानिलकण्ठ मण्डिखाटार शाखा कार्यालयको उद्घाटन जेठ १० गते बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरेका छन् । साथै बैंकले आफ्नो सेवामा थप गर्दै बुढानिलकण्ठ नगरपालिकाको वडा नं १२ को वडा कार्यालयमा एक्सटेन्सन् काउन्टर पनि सुचारु गरेको छ ।

बैंकले सो काउन्टरबाट सुरक्षा भत्ता प्रदान गर्ने तथा त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकवर्गहरुमा आफ्नो सेवा पुर्याउने उद्देश्य राखेको छ ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जनाएको छ ।

TK Viber

प्रकाशित: १० जेष्ठ २०७५, बिहीबार

Loading...