ह्वावेको पी २० स्मार्टफोन नेपाली बजारमा, आर्टिफिसियल इन्टेलिजेन्सयुक्त क्यामेरा

Technology Khabar १० जेष्ठ २०७५, बिहीबार

ह्वावेको पी २० स्मार्टफोन नेपाली बजारमा, आर्टिफिसियल इन्टेलिजेन्सयुक्त क्यामेरा

काठमाडौं ।

काठमाडौं । ह्वावेले आफ्नो फ्ल्यागशिप स्मार्टफोन पी २० (Huawei P20) नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले विश्व बजारमा सार्वजनिक भएको निकै समयपछि मात्र नेपाली बजारमा यो स्मार्टफोन ल्याएको हो ।

अति सूक्ष्म कणहरूलाई समेत कैद गरी जीवन्त र अद्भूत तस्वीरहरु निकाल्ने यो नयाँ क्यामेरा प्रविधिसहित बजारमा आएको ह्वावे पी २० सर्वाधिक आधुनिक स्मार्टफोन क्यामेरा बन्न पुगेको कम्पनीको भनाई छ ।

प्रयोगकर्ताहरूलाई तस्वीरको कम्पोजिसन मिलाउन मद्दत गर्ने कृत्रिम क्षमता पनि यो स्मार्ट फोनमा उपलब्ध छ । लाईका ड्यूल क्यामरा Leica Dual Camera सेन्सरको मद्दतले ह्वावे पी २० ले जुनसुकै वातावरणमा जस्तोसुकै रङ र प्रकाशलाई कैद गरी सुन्दर तस्वीर निकाल्न सक्छ । यसको ड्यूल आईएसपीले गर्दा हरेक तस्वीरमा वास्तविक रङहरूको जादूमयी सम्मिश्रण देखापर्ने कम्पनीको दाबी छ ।
ह्वावे पी २० स्मार्टफोनमा १२ मेगापिक्सेल प्लस २० मेगापिक्सेलको रियर क्यामरा सेटअप छ ।

यो स्मार्ट फोनमा एआई इमेज स्टेबलाइजेसन फिचर पनि उपलब्ध छ भने सेल्फीका लागि २४ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

ह्वावेको उच्च तहको यो स्मार्टफोनमा ५.८ इन्चको डिस्प्ले राखिएको छ भने फोनमा ४ जीबी र्याम र १२८ जीबीको आन्तरिक स्टोरेज रहेको छ । फोनमा पावरको लागि ३,४०० एमएएचको ब्याट्री प्याक रहेको छ ।

यो स्मार्टफोनको मूल्य ७४ हजार ९ सय रुपैया तोकिएको र फोन कालो र गाढा नीलो रङहरूमा उपलब्ध रहेको कम्पनीको भनाई छ ।

Global Bank
easy care

प्रकाशित: १० जेष्ठ २०७५, बिहीबार