ओपोले पायो ईन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर पेटेन्ट, भुक्तानीका लागि समेत उपयोगी

Technology Khabar ९ जेष्ठ २०७५, बुधबार

ओपोले पायो ईन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर पेटेन्ट, भुक्तानीका लागि समेत उपयोगी

काठमाडौं ।

काठमाडौं । ओपोलाई ईन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरका लागि पेटेन्ट प्रदान गरिएको छ । द स्टेट ईन्टेलेक्चुअल प्रोपर्टी अफिस अफ चाइना (एसआईपीओ)ले कम्पनीलाई सो पेटेन्ट प्रदान गरेको हो ।

पेटेन्ट फाइलिंगका दौरान देखापरेका तस्विर नियाल्दा स्क्यानरले फोनको तल्लो बेजल भन्दा माथी ठूलै स्थान ओगट्ने देखिन्छ । तस्विर नियाल्दा फिजिकल होम बटन सहितको फोन स्क्रिनमा यसको प्रयोग गरिएको देखिन्छ । तर, भविष्यमा वास्तवमै सार्वजनिक हुँदा भने यसमा ब्यापक परिमार्जन हुने सम्भावना प्रबल छ ।

तस्विर सहित प्रस्तुत डक्युमेन्ट्सका आधारमा स्क्यानरको प्रयोग उपकरण अनलकका लागि मात्र नभइ भुक्तानी अधिकारका लागि समेत उपयोग हुने कम्पनीको भनाई छ ।

प्रस्तुत पेटेन्ट तस्विरमा फिंगरप्रिन्ट राख्ने क्रम र औँलाको कुन भागको पहिचान हुने भन्ने देखाइएको छ । तस्विरमा स्क्रिन अन रहेको अवस्थामा समेत यसको प्रयोग गरिएको देखाइएको छ । यसका आधारमा ओपोको नयाँ प्रविधि स्न्यापटिक्सद्वारा विकसित ( ओएलईडी प्यानल मुनी प्रकाश फालेर फिंगरप्रिन्ट क्रेज पढ्ने) प्रविधिभन्दा फरक हुनेछ ।

‘ईन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर पेटेन्ट पनि हाम्रो बर्षौ आर एण्ड डीको उपज हो । निकट भविष्यमा नै नेपाली उपभोक्तालाई यस नवप्रबर्तनात्मक प्रविधि प्रयोगको मज्जा दिन ईन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर प्रविधि समाहित उत्पादन ल्याउने हाम्रो योजना छ,’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

easy care

प्रकाशित: ९ जेष्ठ २०७५, बुधबार

ताजा समाचार