२० लाख रुपैयाँ मूल्य पर्ने स्काईवर्थ ब्राण्डको टिभी बजारमा, संसारकै सबैभन्दा स्लीम टिभी

Technology Khabar ९ जेष्ठ २०७५, बुधबार

२० लाख रुपैयाँ मूल्य पर्ने स्काईवर्थ ब्राण्डको टिभी बजारमा, संसारकै सबैभन्दा स्लीम टिभी

काठमाडौं ।

काठमाडौं । केएल दुगड समूहअन्तर्गत स्मार्ट अप्लाईन्सेस कम्पनीले स्काईवर्थ ब्राण्डको ‘वालपेर टिभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

यो टिभीको मोटाइ जम्मा ३.६ एमएम रहेको छ, जुन संसारकै सबैभन्दा स्लीम टिभी हो । यो टिभी स्मार्ट फोनभन्दा पनि पातलो रहेको कम्पनीले जानकारी दिएको छ।

काठमाडौंमा डिलर मिट आयोजना गरि सो टिभी सार्वजनिक गरिएको हो । ओएलइडी टेक्नोलोजीले डिस्प्लेमा उज्यालो, किफायति, पातलो र विभिन्न नयाँ फिचरहरु समाबेस गरेको छ जुन अन्य एलइडि टिभी भन्दा निकै राम्रो रहेको छ ।

साथै यो टिभीमा जेबिएल साउण्ड सिस्टम जडान गरिएको छ जसकारण उच्च स्तरको साउण्ड अनुभव गर्न सकिन्छ । यो टिभीको मूल्य नेपाली बजारमा २० लाख भन्दा बढी पर्ने कम्पनीले जनाएको छ ।

सोही कार्यक्रममा स्काईवर्थको गुगल एन्ड्रोएड टिभी र मल्टी फङसन टि टेबल पनि सार्वजनिक गरिएको थियो ।

गुगल एन्ड्रोएड टिभीमा भ्वाइस कमान्डबाट आफ्नो इच्छा अनुसारको कार्यक्रम हेर्न सकिने र मोबाइल जस्तै गुगल प्लेस्टोरमा गएर आफ्नो चाहना अनुसारको एप्लिकेशन डाउनलोड गर्न सकिने स्मार्ट प्रविधि रहेको कम्पनीको दाबी छ ।

यसका साथै स्काईवर्थको वल्र्डकप अफर स्किम नेपालभर संचालन भईरहेको छ । यस योजना अन्र्तगत स्काइवर्थका टेलिभिजनमा उपभोक्ताले २५ प्रतिशतसम्मको छुट अफर पाउने कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: ९ जेष्ठ २०७५, बुधबार