घरजग्गा मेला असार १ गतेदेखि हुने

Technology Khabar ८ जेष्ठ २०७५, मंगलवार

घरजग्गा मेला असार १ गतेदेखि हुने
NTC_Advt

काठमाडौं । यहि असार १ देखि ५ गतेसम्म सातौं “घरजग्गा मेला Property Expo 2018 भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

मेलाले सर्वसाधारण सबैमा घरजग्गा ब्यवसायको वर्तमान अवस्था तथा यसका समस्या र समाधानका उपाय सहित भावी अवसरका विषयमा समुचित सूचना तथा जानकारी उपलब्ध गराई यस ब्यवसायलाई समय साक्षेप विकास एवं विस्तार गर्न थप योगदान पु¥याउने अपेक्षा गरिएकोछ ।

सो मेलाको बारेमा आयोजक नेपाल जग्गा तथा आवास विकास संघले पत्रकार सम्मेलन गरि सोमबार जानकारी दिएको छ । व्यवसायीहरु र यसका उपभोक्ताहरुलाई एकै थलोमा भेला गराई व्यवसायीहरुले आफ्नो नवीनतम् उत्पादन उपभोक्तामाझ पु¥याउने तथा उपभोक्ताहरुले नेपाली रियल स्टेट व्यवसायको यथार्थ तथा वास्तविक स्थिति, सही छनोट र समुचित मूल्यका बारेमा समेत यस मेलाबाट जानकारी लिन सकिने जानकारी दिईयो ।

सातौं पटकको मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकहरुले आ–आफ्ना सेवा तथा उत्पादनहरुको प्रदर्शन गर्नेछन् । यस मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, ईन्जिनियरिङ्ग तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीहरु सहभागी हुने आयोजकको भनाई छ ।

मेलामा विद्युतीय सरसामानहरु, फर्निचर, पाईप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सवारी साधन, सजिसजावटका सामान र बीमा, बैंकिङ्ग तथा वास्तुकला जस्ता ब्यवसायमा संलग्न ब्यवसायीहरुले आ–आफ्ना उत्पादनहरु प्रदर्शन गरी सो सम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराउनेछन् । साथै, इच्छुक सहभागीहरुले मेला अवधिमा नै आफ्नो उत्पादन तथा सेवाहरुको शुभारम्भ गर्न चाहेमा सोको समेत ब्यवस्था गरिनेछ ।

यस पटकको मेलामा कम्तीमा एक लाखभन्दा बढी दर्शकहरुले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएकोछ ।

यसैगरी गत बर्ष नेपालमा नै पहिलो पटक आयोजना भएको हाउजिङ्ग सम्मिटको सफलताको आधारमा यो वर्षपनि नेपाल जग्गा तथा आवास विकास संघ, सहरी विकास तथा भवन निर्माण विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणको संयुक्त आयोजना र आईओई लगायतको सहयोगमा असार ४ र ५ गते दोस्रो हाउजिङ्ग समिटसमेत हुन गईरहेको जनाएको छ ।

प्रकाशित: ८ जेष्ठ २०७५, मंगलवार