नेपाल इन्फ्रास्ट्रक्चर बैंक स्थापनाका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्रदान

Technology Khabar ६ जेष्ठ २०७५, आईतवार

नेपाल इन्फ्रास्ट्रक्चर बैंक स्थापनाका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्रदान

काठमाडौं । सरकारले नेपाल इस्फ्रास्ट्रक्चर बैंक लिमिटेड स्थापनाको लागि सैद्धान्तिक सहमति पत्र प्रदान गरेको छ । नेपाल सरकारले सार्वजनिक निजी–साझेदारीको प्रारुप अनुरुप पुर्वाधार विकास बैंक स्थापना गर्ने प्रतिवद्धता गरे अनुसार नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले जेठ ६ गते आइतबार नेपाल इस्फ्रास्ट्रक्चर बैंक स्थापनाको लागि सैद्धान्तिक सहमति पत्र प्रदान गरेका छन् ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको चुक्ता पुँजी २० अर्ब रुपैयाँ रहेको छ । जसमध्ये संस्थापक समुहको तर्फबाट १२ अर्ब र सर्वसाधारण समुहको तर्फबाट ८ अर्ब रुपैयाँ शेयर पुँजी रहने छ । बैंकमा नेपाल सरकारको तर्फबाट १० प्रतिशत, संस्थापकको तर्फबाट ५० प्रतिशत र सर्वसाधारण जनताको तर्फबाट ४० प्रतिशत शेयर रहेको छ ।

सैद्धान्तिक सहमति प्राप्त भएको मितिले ६ महिना भित्रमा बैंक सञ्चालन गर्न आवश्यक पूर्वाधार जुटाई वित्तीय कारोबार गर्ने अनुमतिका लागि निवेदन नेपाल राष्ट्र बैंकमा दर्ता गराउनुपर्ने व्यवस्था रहेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा नेपाल सरकार लगायत देशका विभिन्न वाणिज्य बैकहरु, बिमा कम्पनीहरु तथा निजी क्षेत्रको लगानी रहेको छ ।
सो बैंकको मुख्य उद्देख्य पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह तथा शेयरमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजनाहरु निर्माण तथा सञ्चालनको लागी आवश्यक मेसिन, उपकरण तथा औजारको खरिद, विक्री वा आपूर्ति वा जडान सम्बन्धी कारोबारको लागि प्रतितपत्र खोल्ने तथा जमानत पत्रहरु जारी गर्ने लगायतका कार्यहरु रहेको छ ।

TK Viber

प्रकाशित: ६ जेष्ठ २०७५, आईतवार

Loading...