साओमीले ‘रेडमी नोट ५ एआई’ स्मार्टफोन नेपाली बजारमा ल्याउँदै, प्रि-बुकिंग गर्न सकिने

Technology Khabar ४ जेष्ठ २०७५, शुक्रबार

साओमीले ‘रेडमी नोट ५ एआई’ स्मार्टफोन नेपाली बजारमा ल्याउँदै, प्रि-बुकिंग गर्न सकिने

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन रेडमी नोट ५ए आई (Redmi Note 5AI) स्मार्टफोन ल्याउने भएको छ ।

साओमीका नेपालका लागि साओमीका आधिकारिक बितरक मध्ये एक वत्सल इम्पेक्सले हाल रेडमी नोट ५ एआईको प्रि-बुकिंग खुला गरेको छ ।

सो स्मार्टफोन नेपाली बजारमा मई २० तारिख अर्थात आउँदो आइतवार ६ गतेदेखि प्रि-बुक गर्न सकिने छ ।

वत्सलले बिक्री गर्ने सो फोन प्रि-बुक गर्न कम्पनीको आधिकारिक फेसबुक पेजमा जानुपर्नेछ, जुन आइतवारदेखि मात्र शुरु हुनेछ ।

रेडमी नोट ५एआईमा १८ः९ एस्पेक्ट रेसियो भएको ५.९९ इन्चको फुल एचडी प्लस स्क्रीन रहेको छ, जसलाई गोरिल्ला ग्लासद्धारा सुरक्षित पारिएको छ ।

साओमीको यो फोनमा क्वालकम स्न्यापड्रागन ६३६ अक्टा कोर १.८ जीबीको प्रोसेसर राखिएको छ । यसमा ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज रहेको छ ।

फोटोका लागि फोनमा ड्यूल रियर क्यामरा रहेको छ, जसमा १२ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको सेन्सर छ भने सेल्फीका लागि १३ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

फोनमा हाईब्रिड ड्यूल सिम सपोर्ट, ड्यूल ब्याण्ड वाईफाई, एफएम रेडियो लगायतका सुविधा छन् । फोनमा नन रिमुभेबल ४,००० एमएएचको ब्याट्री प्याक छ भने यसको फिंगरप्रिन्ट फोनको पछाडि भागमा रहेको छ ।

तपाईँ पनि यो फोन  किन्न चाहनुहुन्छ भने यहाँ क्लिक गरेर प्रि-बुक बारेमा जानकारी लिनुहोस् ।

Global Bank
easy care

प्रकाशित: ४ जेष्ठ २०७५, शुक्रबार

ताजा समाचार