टेराबाईट स्टोरेज भएको विश्वको पहिलो स्मार्टफोन ‘स्मार्टिसन आर वन’

Technology Khabar ४ जेष्ठ २०७५, शुक्रबार

टेराबाईट स्टोरेज भएको विश्वको पहिलो स्मार्टफोन ‘स्मार्टिसन आर वन’

काठमाडौं ।

काठमाडौं । छिमेकी मुलुक चीनमा विभिन्न ब्राण्डमा स्मार्टफोनहरु उत्पादन गर्ने कम्पनीहरु छन् । त्यस्तै कम्पनीमध्ये एउटा हो स्मार्टिसन (Smartisan)।

स्मार्टफोन उत्पादक कम्पनी स्मार्टिसनको नाम निकै कमले सुनेका छन तर कम्पनीले हालै सार्वजनिक गरेको नयाँ स्मार्टफोन आर वन Smartisan R1 मार्फत भने छिटै यसले नयाँ पहिचान बनाउने देखिएको छ । चिनियाँ कम्पनी स्मार्टिसनको नयाँ फोन अन्य सामान्य किसिमको स्मार्टफोन जस्तै छ तर यसको स्टोरेज भने निकै विशेष किसिमको बनाईएको छ ।

यसअघि कम्प्यूटर र ल्यापटपहरुमा मात्र उपलब्ध हुने १ टेराबाईट (1TB) स्टोरेज यो स्मार्टफोनमा कम्पनीले राखेको छ, जून अहिलेसम्म बजारमा रहेका स्मार्टफोनहरु मध्ये सबैभन्दा धेरै हो । हाल बजारमा सामान्यतथा २५६ जीबी स्टोरेजका स्मार्टफोनहरु मात्र उपलब्ध छन ।

चिनियाँ ब्राण्ड स्मार्टिसन आर वनमा अन्य स्मार्टफोन जस्तै विशेषताहरु रहेका छन् ।

फोन पछिल्लो समयमा सबैले स्विकार गरेको नोच डिजाइन सहित आएको छ । यसमा ६.१७ इन्चको स्क्रीन रहेको छ । फोनको रियर प्यानल थ्रीडी कब्र्ड ग्लासद्धारा बनेको छ भने चारै तर्फ फ्रेम ग्रेड ७ अल्मुनियम रहेको छ ।

यो फोनमा २.८ गीगाहर्जको अक्टाकोर स्न्यापड्रागन ८४५ प्रोसेसर प्रयोग गरिएको छ भने एड्रीनो ६३० जीपीयू ग्राफिक्सका लागि प्रयोग गरिएको छ ।

स्मार्टिसन आर वन चार भेरिएन्टमा आउने छ जसमा ६ जीबी र्याम ६४ जीबी स्टोरेज तथा १२८ जीबी स्टोरेज छ भने अर्को ८ जीबी र्याम १२८ जीबी स्टोरेज तथा ८ जीबी र्याम र १ टिबी स्टोरेजमा आउने छ ।

यो स्मार्टफोनको डिस्प्ले फुल एचडी प्लस छ जसको रिजोल्यूशन १०८० x २४२४ पिक्सेल छ । फोनको डिस्प्ले १८ः७:९ एस्पेक्ट रेसियोका साथ आउँछ भने गोरिल्ला ग्लास थ्रीद्धारा सुरक्षित बनाईएको छ ।

फोटोका लागि आर वनमा ड्यूल रियर क्यामरा सेटअप छ जसमध्ये १२ मेगापिक्सेल प्लस २० मेगापिक्सेलको सेन्सर रहेको छ । त्यस्तै सेल्फीका लागि नोचका साथ २४ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

स्मार्टफोनमा ३,६०० एमएएच ब्याट्री छ भने क्वालकम क्विक चार्ज ४ प्लस सपोर्ट रहेको छ ।

फोनमा ड्यूल ब्याण्ड वाईफाई, ब्लूटूथ ५.० भर्सन, एनएफसी, यूएसबी टाइप सी पोर्टलगायतका सुविधा छन् ।

स्मार्टिसन आर वनको ६ जीबी ६४ जीबी स्टोरेजको मूल्य ३,४०० चिनियाँ यूआन रहेको छ भने ६ जीबी र्याम १२८ जीबी स्टोरेजको मूल्य ३,९९९ यूआन छ । त्यस्तै ८ जीबी १२८ जीबीको मूल्य ४,४९९ यूआन तथा १ टिबीको मूल्य ८,८४८ यूआन रहेको छ ।

हाल चीनमा मात्र उपलब्ध यो फोन अन्य बजारमा पनि बिक्री हुन्छ वा हुन्न भन्ने केहि जानकारी छैन् ।

माध्यम

Global Bank
easy care

प्रकाशित: ४ जेष्ठ २०७५, शुक्रबार

ताजा समाचार