स्काईवर्थका टेलिभिजनको ‘स्काईवर्थ वर्ल्डकप अफर’, टिभी किन्दा २५ प्रतिशतसम्म छुट

Technology Khabar ३ जेष्ठ २०७५, बिहीबार

स्काईवर्थका टेलिभिजनको ‘स्काईवर्थ वर्ल्डकप अफर’, टिभी किन्दा २५ प्रतिशतसम्म छुट

काठमाडौं ।

काठमाडौं । के एल दुगड समूह अन्र्तगतको स्मार्ट अप्लाइन्सेस कम्पनीले ‘स्काईवर्थ वल्र्डकप अफर’ संचालनमा ल्याएको छ ।

फिफा विश्वकप २०१८ लाई लक्षित गरेर कम्पनीले स्काइवर्थका (Skyworth) बिभिन्न टेलिभिजनहरुको खरिदमा २५ प्रतिशतसम्म छुटको योजना अगाडि सारेको छ । कम्पनीले नेपाली बजारमा बिक्री गरिरहेको गूगल एन्ड्रोइड, स्मार्ट, एलइडी र ४ के यूएचडी 4KUHD टेलिभिजनमा विशेष क्यासब्याक अफर ल्याएको हो ।

कम्पनीले नजिकिदै गरेको विश्वकप २०१८ आफ्नै घरमा बसेर टेलिभिजनमा हेर्ने उपभोक्तालाई मध्यनजर गर्दै यो योजना ल्याएको जानकारी दिएको छ ।

सो योजनामा ग्राहकले २५ प्रतिशतसम्म नगद (फिर्ता) छुट पाउने छन् । कम्पनीले बिक्री गर्दै आएको गुगल एन्ड्रोइड टेलिभिजनहरु 43U5, 49U5, 55G6 रहेको छ भने, स्मार्ट टिभीहरुको मोडल 32S3A31T, 43S3A31T रहेको छ । त्यस्तै एलइडी टेलिभिजनमा 24E3A12G, 32E2, 39E3100, 43e3A12G, 55E3 रहेको छ । कम्पनीले बिक्रीगर्ने ४के यूएचडी को मोडल नम्बर 65E6000 रहेको छ ।

नेपाली उपभोक्ताको मुख्य रोजाइमा रहेको यस ब्रान्डका गूगल एन्ड्रोइड, स्मार्ट, एलइडी र ४ के यूएचडी टिभीको खरिदमा कम्पनीले २५ प्रतिशतसम्म छुट दिने कम्पनीले जानकारी दियो । कम्पनीले बिगत ४ बर्षदेखि स्काइवर्थका सामानहरु नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

स्मार्ट अप्लाइन्सेस नेपालको लागि इलेक्ट्रोलक्स, स्काइवर्थ, ओस्टर, फेगोर र ह्वाइट–वेस्टिङहाउस कम्पनीको आधिकारीक वितरक रहेको छ ।

‘स्काइवर्थ वल्र्डकप अफर’ निश्चित अवधीकोलागि मात्र दिइएको कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ३ जेष्ठ २०७५, बिहीबार

ताजा समाचार