नेपाल र भियतनामबीच द्विपक्षीय व्यापार तथा पर्यटन अवसर बारे छलफल

Technology Khabar २ जेष्ठ २०७५, बुधबार

नेपाल र भियतनामबीच द्विपक्षीय व्यापार तथा पर्यटन अवसर बारे छलफल

काठमाडौं ।

काठमाडौं । नेपाल तथा समाजवादी गणतन्त्र भियतनाम वीच दौत्य सम्बन्ध स्थापना भएको ४३ वर्ष पुगेको सुअवसरमा यस संघद्वारा “द्विपक्षीय व्यापार तथा पर्यटन अवसर” विषयक कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा संघका अध्यक्ष दिपक मल्होत्राले भियतनामले छोटो अवधिमा उत्पादन तथा उद्योगमा धेरै विकास गरेको र नेपालले पनि आर्थिक बृद्धिका लागि उत्पादकत्व बृद्धिमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा व्यापार तथा निकासी पूवद्र्धन केन्द्रका नायव कार्यकारी निर्देशक सुयस खनालले दुई देश वीच विद्यामान व्यापारिक अवस्था तथा संभावनाहरु तथा नेपाल टुरिजम बोर्डका अफिसियटिङ सिइओ नन्दिनी थापाले दुई देश वीच पर्यटन विकासका संभावनाहरुबारे धारणा राखेका थिए ।

नेपालका लागि भियतनामका अवैनतिक वाणिज्यदुत डा. राजेश काजी श्रेष्ठले दुई देश वीच सिधा हवाई सम्पर्क स्थापना, लगानी विस्तार तथा पर्यटन विस्तारमा कन्सुलेटले पहल गर्दै आइरहेको कुरा बताए ।

परराष्ट्र मन्त्रालयका सचिव शंकर दास वैरागीले आर्थिक कुटनितीको माध्यमबाट नेपाल सरकारले विभिन्न मुलुकहरुसंग व्यापार, वाणिज्य, पर्यटन, प्रविधि हस्तान्तरण आदि क्षेत्रको विस्तारका लागि कार्य गर्दै आएको बताए । यस कार्यमा नीजि क्षेत्रको समेत ठुलो भुमिका हुने हुँदा सल्लाह सुभाव लिई सहकार्य गर्ने कुरा समेत बताए ।

Global Bank
easy care

प्रकाशित: २ जेष्ठ २०७५, बुधबार

ताजा समाचार