आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंक बीच बैंकासुरेन्स सेवा सम्झौता

Technology Khabar २ जेष्ठ २०७५, बुधबार

आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंक बीच बैंकासुरेन्स सेवा सम्झौता

काठमाडौं ।

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेड बिच बैंकासुरेन्स सेवा सम्झौता भएको छ । सो सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंकको तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलले हस्ताक्षर गरे ।

सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकका सबै ग्राहकहरुले आफूले बैकिé सेवा लिईरहेको बैंकको शाखामार्फत आफूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त गर्नसक्ने जानकारी दिए ।

Global Bank
easy care

प्रकाशित: २ जेष्ठ २०७५, बुधबार

ताजा समाचार