यस्तो छ इन्टरनेट प्रयोगकर्ताको तथ्यांक, वर्ल्डलिंक सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक

Technology Khabar २ जेष्ठ २०७५, बुधबार

यस्तो छ इन्टरनेट प्रयोगकर्ताको तथ्यांक, वर्ल्डलिंक सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक

काठमाडौं ।

काठमाडौं । नेपालमा कुल ३ लाख ८४ हजारले विभिन्न इन्टरनेट सेवा प्रदायकहरुसँग इन्टरनेटको सेवा लिने गरेका छन् । नेपालमा दुई दर्जनभन्दा बढि इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी/Internet service provider)हरु रहेपनि केबल ३ लाख ८४ हजार २ सय ५६ जनाले मात्र इन्टरनेट प्रयोग गर्ने गरेका हुन् ।

नेपाल दूरसंचार प्राधिकरणको माघ मसान्तसम्मको तथ्यांकअनुसार वायरलेस, केबल र फाइबरमार्फत इन्टरनेट सेवा लिने गरेका छन् । सबैभन्दा धेरै सेवाग्राहीले फाइबर इन्टरनेट प्रयोग गरिरहेका छन जसमा २ लाख ७८ हजार ८ सय ५ जना छन भने वायरलेस इन्टरनेट सेवा लिने ४९ हजार ७ सय २३ जना तथा केबल इन्टरनेट सेवा लिने ५५ हजार ७ सय २८ जना रहेका छन् ।

सबैभन्दा धेरै सेवाग्राही वल्डलिंक कम्यूनिकेसन्स प्रालिसँग १ लाख ७७ हजार ७ सय ५८ छ भने सबैभन्दा कम शिखर नेट प्रालिसँग ३० जना सेवाग्राही रहेका छन् ।

सबैभन्दा ठूलाे कम्पनी

तथ्यांकअनुसार सबैभन्दा धेरै सेवाग्राही वल्डलिंक कम्यूनिकेसन्स प्रालिको रहेको छ । यो कम्पनीले कुल १ लाख ७७ हजार ७ सय ५८ ग्राहकहरुलाई सेवा दिईरहेको छ । जसमध्ये केवलमार्फत इन्टरनेट चलाउने ३ हजार ४२ जना छन भने वायरलेसका ग्राहक ७ हजार ७ सय ६५ जना रहेका छन् । बाँकी १ लाख ६६ हजार ९ सय ५१ जनाले फाइबरमार्फत वल्र्डलिंकको इन्टरनेट सेवा प्रयोग गरिरहेका छन् ।

ग्राहकसंख्याको आधारमा हेर्दा पनि वल्र्डलिंक सबैभन्दा ठूलो आईएसपी कम्पनी भएकोछ ।

 

त्यसपछि सबैभन्दा धेरै ग्राहक सुविसु केबलनेट प्रालिसँग रहेको छ । डिजिटल केबल तथा इन्टरनेट सेवा दिने सुविसुले ६३ हजार भन्दा बढि ग्राहकहरुलाई सेवा दिईरहेको छ । जसमध्ये सबैभन्दा धेरै केबलमार्फत इन्टरनेट लिनेहरु छन, यसको संख्या ४४ हजार ८ सय ३३ छ भने वायरलेस इन्टरनेट चलाउने १५ हजार २ सय ८८ जना रहेका छन त्यस्तै सुविसुको फाइबर इन्टरनेट लिनेहरु ३ हजार ३ सय १५ जना रहेका छन् ।

ग्राहकसंख्याको आधारमा तेस्रो ठूलो सेवा प्रदायक कम्पनीको रुपमा भियानेट कम्यूनिकेसन्स प्रालि रहेको छ । भियानेटले जम्मा ४२ हजार ८सय ३५ जनालाई इन्टरनेट सुविधा दिएको छ । यस्तो सेवा लिनेमध्ये सबैले फाइरबमार्फत सेवा लिएको देखिन्छ । अर्था भियानेटले वायरलेस तथा केबल इन्टरनेट सुविधा संचालन गरेको छैन् ।

अर्को ठूलो सेवा प्रदायक कम्पनीको रुपमा क्लासिक टेक प्रालि रहेको छ । सो कम्पनीले ३० हजार ४० जनालाई इन्टरनेट सेवा दिईरहेको छ जसमध्ये १५ जना ग्राहकले वायरलेस सेवा लिएका छन भने बाँकी सबैले फाइबरमार्फत इन्टरनेट प्रयोग गरिरहेका छन् ।

त्यस्तै ब्रोडलिंक नेटवर्क एण्ड कम्यूनिकेसन प्रालिसँग १५ हजार ९ सय ६३ ग्राहकहरु रहेका छन जसमध्ये ८ हजार १ सय ४३ ले फाइबरमार्फत इन्टरनेट सेवा लिईरहेका छन भने बाँकी ७ हजार ८ सय २० ले वायरलेस सेवा लिईरहेका छन् ।

अधिक ग्राहक बनाउन सफल भएका अधिकांश ठूला आईएसपी कम्पनीहरु काठमाडौंमा केन्द्रित रहेका छन भने एउटा कम्पनी मात्र काठमाडौं उपत्यका बाहिरको छ जून ग्राहकसँख्याको आधारमा पाँचौं ठूलो कम्पनीको रुपमा रहेको छ ।

काठमाडौंबाहिर चितवन जिल्लामा इन्टरनेट सेवा दिईरहेको टेकमाइण्डस नेटवर्क प्रालिले कुल १५ हजार ९ सय ८८ ग्राहकलाई सेवा दिईरहेको छ । यस्तो सेवा लिनेमध्ये ४ हजार २ सय ७२ जनाले वायरलेस सेवा लिएका छन भने बाँकी ११ हजार ७ सय १६ जना ग्राहकहरुले फाइबरमार्फत इन्टरनेट सेवा लिईरहेका छन् ।

सबैभन्दा कम ग्राहक भएको कम्पनी

ग्राहकसँख्याको आधारमा हेर्दा सबैभन्दा कम ग्राहक कैलालीमा सेवा दिईरहेको कम्पनीसँग रहेको देखिन्छ । तथ्यांकअनुसार कैलालीमा रहेको शिखर नेट प्रालिले धनगढीमा सेवा संचालन गरिरहेको छ, जसले सो क्षेत्रका ३० सेवाग्राहीलाई वायरलेसमार्फत इन्टरनेट सेवा दिईरहेको छ ।

त्यस्तै विराटनगरमा रहेको नेपाल नेट संचारसँग केबल ७५ जना ग्राहक रहेका छन भने अर्को धनुषामा रहेको भीएनएस टेक्नोलोजी प्रालिसँग पनि केबल ७५ जना इन्टरनेट सेवाग्राही रहेका छन् ।

कुन जिल्लामा कति कम्पनी

प्राधिरकणको तथ्यांक हेर्दा २५ वटा कम्पनीहरु मध्ये अधिकांश आइएसपी कम्पनीहरु काठमाडौंमा केन्द्रित रहेका छन् । जसले उपत्यकाबासीलाई सेवा दिईरहेका छन् । काठमाडौं उपत्यकामा भएका मध्ये पनि काठमाडौं र ललितपुरमा मात्र केन्द्रित रहेका छन् । केहि नगन्य कम्पनीहरु काठमाडौं बाहिर रहेपनि उनीहरुले पनि शहरी क्षेत्रमा मात्र इन्टरनेट सेवा दिईरहेको देखिन्छ ।

काठमाडौं उपत्यका केन्द्रित भएर संचालन हुने कम्पनीहरु १९ वटा रहेका छन भने एउटा कम्पनी विराटनगरमा, दुई कम्पनी पोखरामा, एक कम्पनी कैलालीमा र अर्को एक कम्पनी धनुषामा मात्र केन्द्रित रहेका छन् । केहि कम्पनीले आफ्नो शाखा बिस्तार गरेर अन्य जिल्लामा सेवा दिइरहेपनि अझै ७० जिल्लाहरुमा सेवा प्रदायकहरु पुग्न नसकेको तथ्यांकमा देखिन्छ।

easy care

प्रकाशित: २ जेष्ठ २०७५, बुधबार