ह्वावे अनर १० विश्व बजारमा लन्च हुँदै, यसरी हेर्नुहोस् ‘लाइभ इभेन्ट’

Technology Khabar १ जेष्ठ २०७५, मंगलवार

ह्वावे अनर १० विश्व बजारमा लन्च हुँदै, यसरी हेर्नुहोस् ‘लाइभ इभेन्ट’

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक्नोलोजी कम्पनी ह्वावेले आफ्नो नयाँ स्मार्टफोन ह्वावे अनर १० (Huawei Honor 10) विश्व बजारमा सार्वजनिक गर्दैछ । कम्पनीले आज बेलायतको राजधानी लण्डनमा एक कार्यक्रमका बीच नयाँ फोन लन्च गर्न लागेको हो ।

यसअघि चीनमा मात्र उपलब्ध रहेको यो फोन अब भने विश्व बजारमा उपलब्ध हुनेछ । यसअघि नै यो फोन भारतीय बजारमा पनि उपलब्ध हुने बताईएको थियो ।

ह्वावेले ल्याएको यो फोन अनर ब्राण्डको सबैभन्दा प्रिमियम स्मार्टफोन हो ।

ह्वावे अनर १० मा अल्मुनियम फ्रेम ग्लासका साथमा उपलब्ध छ । फोनमा ५.८ इन्चको आईपीएस एलसिडी डिस्प्ले फुल एचडी प्लसका साथमा छ, जसको रिजोल्यूशन २२८०x१०८० पिक्सेल छ ।

फोनमा ह्वावेले आफ्नै चीपसेट प्रयोग गरेको छ । यसमा किरिन ९७० प्रोसेसर राखिएको छ ।

फोन तीन फरक फरक स्टोरेज अप्सनमा आउने छ, जसमा ४ जीबी र्याम ६४जीबी स्टोरेज, तथा ६ जीबी र्यामका साथमा ६४ जीबी र १२८ जीबी स्टोरेजका साथमा उपलब्ध हुनेछ ।

अनर १० मा यसअघिको ह्वावे पी २०को जस्तै ड्यूल रियर क्यामरा सिस्टम राखिएको छ, यसको क्यामरा लाइका ब्राण्डका साथमा १६ मेगापिक्सेल प्लस २४ मेगापिक्सेलको मोनोक्रोम सेन्सरको साथमा राखिएको छ भने यसलमा फेस डिटेक्शन अटोफोकस तथा एलईडी फ्ल्याश रहेको छ । सेल्फीका लागि अनर १० मा २४ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ ।

एन्ड्रोयड ८.० ओरियोमा संचालन हुने फोनमा ३,४०० एमएएचको ब्याट्री प्याक छ भने यूएसबी टाइप सी पोर्ट राखिएको छ ।

सोमबार आज सार्वजनिक हुने यो स्मार्टफोनको लन्च इभेन्ट हेर्नका लागि यहाँ क्लिक गरेर हेर्न सकिन्छ । सो इभेन्ट लण्डनको समयअनुसार २ बजे शुरु हुनेछ भने नेपालमा करिब साढे ६ बजेदेखि लाइभ हेर्न सकिन्छ ।

easy care

प्रकाशित: १ जेष्ठ २०७५, मंगलवार

ताजा समाचार