ग्लोबल साइबर सेक्युरटी समिट आयोजना हुँदै, साइबर कानून, अपराध, सुरक्षालगायतका विषयमा छलफल हुने

Technology Khabar ३१ बैशाख २०७५, सोमबार

ग्लोबल साइबर सेक्युरटी समिट आयोजना हुँदै, साइबर कानून, अपराध, सुरक्षालगायतका विषयमा छलफल हुने

काठमाडौं ।

काठमाडौं । इन्फर्मेशन सेक्युटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट)को आयोजनामा आगामी साउन ११ र १२ गते काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ हुने भएको छ ।

“Building Global Alliance for Cyber Resilience” भन्ने थीमका साथ आयोजना हुन लागेको समिटमा साइबर सेक्युरिटी र यससँग सम्बन्धित विभिन्न विषयका राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धाता र प्रोफेसनलहरुको विशेष उपस्थिति रहने बताइएको छ ।

‘पछिल्लो समयका साइबर कानून, साइबर अपराध र साइबर सेक्युरिटीसम्बन्धी विश्लेषण र निदानका विषयमा समिटमा गम्भीर रुपमा छलफल हुने छ,’ एनपीसर्टका अध्यक्ष चिरञ्जिवी अधिकारीले भने ।

समिटमा प्यानल डिस्कसन, प्रिजेन्टेशनहरु, नेटवर्किङ सेसन, ब्रेनस्टोर्मिङ, कि-नोट स्पिच, वर्कसपलगायतका कार्यक्रम हुने बताईएको छ ।

इन्फर्मेशन सेक्युरिटी एक्सपर्टहरुको टिमले स्थापना गरेको एनपी सर्टले नेपालमा बढ्दै गएको साइबर चुनौतीलाई न्यूनिकरण गर्न र राष्ट्रिय सूचनाको सुरक्षा गर्ने विषयमा विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ३१ बैशाख २०७५, सोमबार

ताजा समाचार