ओखलढुंगामा मुक्तिनाथको तेश्रो शाखा मानेभञ्ज्याङ्गमा

Technology Khabar ३० बैशाख २०७५, आईतवार

ओखलढुंगामा मुक्तिनाथको तेश्रो शाखा मानेभञ्ज्याङ्गमा

काठमाडौं ।

काठमाडौं । मुक्तिनाथ विकास बैंकले मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं.५, मानेभञ्ज्याङ्ग मा आफ्नो ८० औं शाखा विस्तार गरेको छ । बैशाख २८ गते मानेभञ्ज्याङ्ग गाउँपालिका अध्यक्ष मोती राज राईले उक्त शाखा कार्यालयको समुद्घाटन गरे ।

शाखा कार्यालय समुद्घाटन गर्दै राईले नेपाली समाज सुहाउँदो वित्तीय सेवाहरु प्रदान गर्दै आएको बैंक मानेभञ्ज्याङ्गमा आउनु भनेको स्थानीय जनताको लागि निकै खुसीको विषय भएको बताए ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको उद्देश्य माथि प्रकाश पार्दै बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।

उनले कृषिमा व्यवसायिक सुधार गर्दै ग्रामीण भेगका जनताको आर्थिक तथा समाजिक स्तर उकास्नको लागि बैंक हरपल तत्पर रहेको बताए ।
आर्थिक वर्ष २०७४/७५ को तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी २ अर्ब ५९ करोड रुपैयाँ, कुल निक्षेप २४ अर्ब ५५ करोड रुपैयाँ कुल

लगानी २१ अर्ब ९९ करोड रुपैयाँ गर्दै संचालन मुनाफामा ४२ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

Global Bank
easy care

प्रकाशित: ३० बैशाख २०७५, आईतवार

ताजा समाचार