स्मार्टफोनमा ब्याट्री सकिने समस्या छ ? यी उपायबाट ब्याट्रीको क्षमता बढाउनुस्

काठमाडौं । हरेक स्मार्टफोन प्रयोगकर्ताको लागि फोनको ब्याट्री कति समयसम्म टिक्छ भन्ने चिन्ताको विषय हुने गर्दछ । नयाँ फोन किन्दा खेरी नै यूजर्सहरुले ब्याट्री कति टिक्छ भन्ने प्रश्न गर्ने गर्दछन् ।

स्मार्टफोनमा अधिक समय बिताउनेहरुका लागि ब्याट्री ब्याकअप निकै महत्वपूर्ण हुने गर्दछ ।

त्यसैले राम्रो ब्याट्री ब्याकअप भएको फोन मात्रै किन्नु नै समस्याको समाधान होईन् । तपाईँले आफ्नो फोनमा केहि विषयलाई म्यानेज गर्नुभयो भने ब्याट्री निकै समय चल्न सक्दछ ।

यसको लागि तपाईँले केहि ट्रिक्स/उपायको आवश्यकता पर्दछ । हामी यहाँ ब्याट्री टिकाउने केहि ट्रिक्सहरु/उपायको बारेमा जानकारी दिने प्रयास गर्दैछौं जसले तपाईँको स्मार्टफोन लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।

भाइब्रेशन अफ गर्नुहोस्

फोनको सेटिंग्समा गएर तपाईँले फोनको भाइब्रेशनलाई बन्द गर्न सक्नुहुनेछ । फोनमा विभिन्न कार्यको लागि भाइब्रेशनको सुविधा दिईएको हुन्छ त्यसलाई बन्द गरेमा पनि ब्याट्री टिकाउ हुन्छ । स्मार्टफोनमा की बोर्डमा टाइप गर्दा भाइब्रेशनको सुविधा दिईएको हुन्छ भने फोन कल आउँदा फोन भाइब्रेशन गर्ने सुविधा राखिएको हुन्छ । यस्तो भाइब्रेशनलाई आवश्यक छैन भने बन्द गर्न सक्नुहुन्छ जसले ब्याट्री खपत घटाउँछ ।

फोनलाई अपडेट गर्नुहोस्

फोनमा अपरेटिंग सिस्टममा बेला बेलामा अपडेट आईरहेको हुन्छ भने विभिन्न एप्समा पनि अपडेट आईरहेको हुन्छ । यस्तो अपडेट सुरक्षाको लागि पनि महत्वपूर्ण हुने गर्दछ । यस्तो अपडेटहरु गरेपछि ब्याट्री र फोन दुबैको कार्यक्षमता बढ्दछ ।

डाटा र वाइफाइ बन्द गर्नुहोस्

अधिकांश मानिसहरु स्मार्टफोनमा फेसबुक जस्ता सामाजिक संजाल चलाउने वा यूट्यूब हेर्ने गर्दछन् । जसले अधिकरुपमा ब्याट्री खपत गर्दछ । अझ यसको लागि प्रयोग हुने डाटा र वाइफाइले मोबाइल फोनको ब्याट्री समेत अत्यधिक खर्च गराउँछ । वाइफाइ र मोबाइल डाटा अन भईरखेमा तपाईँको फोन सँधै एक्टिभ हुन्छ र त्यसले ब्याट्री खान्छ । यस्तो बेलामा अन्य एप्स पनि ब्याकअपमा चलिरहने हुँदा ब्याट्री छिटै सकिन्छ । त्यसैले वाइफाइ र डाटा बन्द गर्नुहोस् ।

एप्स बन्द गर्नुहोस्

यदि तपाईँको स्मार्टफोन कुनै एप्सहरु डाउनलोड भएपनि प्रयोग हुने गरेको छैन भने त्यस्तो एप्स हटाउनुहोस् । हामी नयाँ नयाँ एप्स विभिन्न समयमा डाउनलोड गर्दछौं तर ती एप्स लामो समयसम्म प्रयोगमा आउँदैनन भने त्यस्ता एप्सलाई अनस्टल गर्नुहोस् । कतिपय सामाजिक संजालका एप्स तथा गेमिंग एप्सहरु फोनमा ब्याकग्राउण्डमा चलिरहेका हुनसक्दछ ।

लोकेशन सर्च अफ गर्नुहोस्

अधिकांश स्मार्टफोनहरुमा लोकेशनको लागि फीचर राखिएको हुन्छ । तर लोकेशन सर्च फीचरले तपाईँको स्मार्टफोनको ब्याट्री अधिक खपत गर्दछ । अधिकांश मानिसहरुले यो फीचरलाई अन गर्दछन जसले गर्दा फोनको ब्याट्री सकिन्छ त्यसैले यसलाई अनावश्यक समयमा बन्द गर्नुहोस् ।

भिडियो र गेम्स बन्द गर्नुस्

तपाईँ स्मार्टफोनमा भिडियो, फिल्म हेर्ने गर्नुभएको छ भने त्यसले अधिकांश ब्याट्री खपत गरिरहेको हुन्छ त्यस्तै स्मार्टफोनमा खेलिने गेम्स उच्च क्षमताका हुने र ब्याट्री धेरैे खपत गर्ने खालका हुने हुँदा अनावश्यकरुपमा भिडियो र गेम्स एप बन्द गर्नुहोस् । जसले तपाईँको ब्याट्री खपत रोकिन्छ ।

यदि तपाईँले यी उपायहरु आफ्नो स्मार्टफोनका लागि अपनाउनुभयो भने तपाईँको अधिकांशरुपमा ब्याट्री खपतको समस्या समाधान हुन्छ।

Cheap Sex Cam Website