एचएच बजाजको नयाँ शोरुम नवलपरासीको बर्दघाटमा

Technology Khabar २८ बैशाख २०७५, शुक्रबार

एचएच बजाजको नयाँ शोरुम नवलपरासीको बर्दघाटमा

काठमाडौं ।

बैशाख । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले पूर्ण सुविधा सहितको नयाँ शोरुम बर्दघाट ४ नवलपरासीमा संचालनमा ल्याएको छ ।

कम्पनीले आफ्नो गुणस्तरिय सेवा बिस्तारको क्रममा बस्याल अटोमोवाइल प्रालि बर्दघाटमा संचालनमा ल्याएको हो ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने छ । एचएच बजाजले कहि कतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको जानकारी दिएको छ ।

नयाँ शोरुम शुभारम्भ भएको अवसरमा कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले देशभरी रहेका हाम्रा ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्दै आएको बताए ।

नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २८ बैशाख २०७५, शुक्रबार

ताजा समाचार