साओमी रेडमी एस २ सार्वजनिक, ड्यूल क्यामरा भएको बजेट स्मार्टफोन

Technology Khabar २७ बैशाख २०७५, बिहीबार

साओमी रेडमी एस २ सार्वजनिक, ड्यूल क्यामरा भएको बजेट स्मार्टफोन
NTC_Advt

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी साओमीले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले गत महिना मात्रै मि सिक्स एक्स सार्वजनिक गरेको थियो भने हाल रेडमी एस टू चीनमा लन्च गरेको हो ।

साओमीले बजेट स्मार्टफोनको रुपमा बजारमा ल्याएको यो फोनमा फुल स्क्रीन डिस्प्ले, ड्यूल क्यामरा तथा आर्टिफिशियल इन्टेलिजेन्सयुक्त फ्रन्ट क्यामरा लगायतका फीचरहरु छन् ।

कम्पनीले यो स्मार्टफोन सार्वजनिक गर्दै सेल्फीका लागि उत्कृष्ट रेडमी डिभाइस भएको बताएको छ ।

फोनमा १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ जसमा एआई पोर्टेट मोड तथा एआइ ब्यूटी मोड रहेको छ । यसमा भएको एआइ अल्गोरिदमले कुनैपनि वस्तु वा ब्याकग्राउण्डमा उत्कृष्ट कार्य देखाउने बताएको छ ।

रेडमी एस टूमा फेस अनलक फीचर पनि रहेको छ ।

फोनमा १२ मेगापिक्सेल र ५ मेगापिक्सेलको ड्यूल क्यामरा राखिएको छ ।

साओमी रेडमी एस टू स्मार्टफोनमा ५.९९ इन्चको एचडी प्लस १८ः९ अस्पेक्ट रेसियो भएको डिस्प्ले राखिएको छ । फोनमा क्वालकम स्न्यापड्रागन ६२५ प्रोसेसर प्रयोग गरिएको छ भने एन्ड्रोयड ओरियो ८.१ मा आधारित एमआईयूआई ९ मा संचालन हुनेछ ।

यो फोनमा पावरको लागि ३,०८० एमएएच ब्याट्री प्याक फास्ट चार्ज प्रविधिसहित राखिएको छ ।

फोनमा ड्यूल सिम सपोर्ट, फोरजी भीओएलटिई, तथा फिंगरप्रिन्ट रिडर लगायतका फीचर रहेका छन् । रेडमी एस टू स्मार्टफोन रोज गोल्ड, स्याम्पेन गोल्ड र प्लाटिनम सिल्भर कलर अप्सनमा उपलब्ध हुनेछ ।

दुई संस्करणमा आउने यो स्मार्टफोनमा ३ जीबी र्याम र ३२ जीबी स्टोरेजको मूल्य ९९९ चिनियाँ यूआन तथा ४ जीबी र्याम ६४ जीबी स्टोरेजको मूल्य १२९९ यूआन तोकिएको छ ।

यो फोन चीनभन्दा बाहिर कहिले उपलब्ध हुन्छ भन्ने कम्पनीले केहि जानकारी दिएको छैन् ।

माध्यम

प्रकाशित: २७ बैशाख २०७५, बिहीबार