गूगलको नयाँ अपरेटिंग सिस्टम सार्वजनिक, ‘एन्ड्रोयड पी’ का विशेषताहरु यस्तो छ

Technology Khabar २६ बैशाख २०७५, बुधबार

गूगलको नयाँ अपरेटिंग सिस्टम सार्वजनिक, ‘एन्ड्रोयड पी’ का विशेषताहरु यस्तो छ

काठमाडौं । गूगलले हाल आयोजना गरिरहेको डेवलपर्स कन्फ्रेसमा नयाँ अपरेटिंग सिस्टम एन्ड्रोयड पी (Android P) सार्वजनिक गरेको छ । कम्पनीले यो नयाँ अपरेटिंग सिस्टममा आर्टिफिशियल इन्टेलिजेनस तथा मशीन लर्निंगलाई विशेषगरि ध्यान दिएर तयार गरेको छ ।

यो अपरेटिंग सिस्टममा एडेप्टिभ ब्याट्रि, एडेप्टिभ ब्राइटनेस, एप एक्शन, स्लाइसेस तथा अन्य थप नयाँ विशेषताहरु रहेका छन् । यसमा गूगल टेक्स्ट तथा इमेज लेबलिंग रिकोग्नाइजेशनका लागि मशीन लर्निंग पनि राखिएको छ ।

गूगलले एन्ड्रोयड पी मल्टीटास्किंगका लागि तयार पारेको हो, जून यूजर्सको जेस्चरलाई पत्ता लगाउन सक्दछ ।

यसमा होम बटन स्लाइड गरेपछि फोनको बीचमा स्विच गर्न सकिने छ ।

एडेप्टिभ ब्याट्री

यो फीचरले प्रयोगकर्ताद्धारा सबैभन्दा धेरै प्रयोग गर्ने एप्स तथा सर्भिस र विशेषगरि ब्याट्रीको व्यवस्थापन गर्दछ । यो फीचरले ब्याट्री म्यानेज गरेर स्मार्टफोनलाई अधिकसमयसम्म चलाउन सहयोग गर्दछ ।

एडेप्टिभ ब्राइटनेस

यो फीचरले मशीन लर्निंगको उपयोग गर्दछ । यो फीचरको प्रयोगबाट प्रयोगकर्ताहरुले फरक फरक सेटिंगमा आफ्नो स्क्रीनको ब्राइटनेस कस्तो बनाउन चाहन्छन भन्ने जानकारी लिएर व्यवस्थापन गर्दछ।

एप एक्शन

एन्ड्रोयड पीमा राखिएको एप एक्शन फीचरले प्रयोगकर्ताले स्मार्टफोनमा कुन काम गर्न लागेको अनुमान गर्न सक्नेछ । कम्पनीको उदाहरण दिँदै भन्यो कि यदि प्रयोगकर्ताले स्मार्टफोनमा हेडफोन लगायो भने यो फीचरले आफ्सेआफ म्यूजिक एप खोल्ने छ र सिधै प्ले लिस्टमा गएर गित बजाउँछ ।

स्लाइसेस

यो फीचरले ती एप्सको बारेमा जानकारी दिन्छ जसलाई प्रयोगकर्ताले फोनमा अधिक प्रयोग गर्दछ । यो फीचर इन्टर्याक्टिभ पनि हुनेछ ।

नयाँ डिजाइन

गूगलले एन्ड्रोयड पीमा नयाँ सिस्टम नेभिगेसनका साथ यूजर इन्टरफेसलाई आकर्षक बनाएको छ । यसमा क्विक सेटिंगलाई रिडिजाइन गरिएको छ भने भोल्यूम कन्ट्रोल, नोटिफिकेसन म्यानेजमेन्ट तथा स्क्रीनशनलाई पनि डिजाइन परिवर्तन गरेको छ ।

आर्टिफिशियल इन्टेलीजेन्स

आर्टिफिशियल इन्टेलीजेन्स(Artificial Intelligence) मा मशीन लर्निंगका साथ गूगल हेल्थ केयर सेन्टर तथा हस्पीटल्सका साथ साझेदारी गरेर मशीन लर्निंग जोडन लागेको छ । मशीन लर्निंगका साथ जीमेलमा स्मार्ट कम्पोज फीचर उपलब्ध गराउने छ। प्रयोगकर्ताले डकुमेन्टहरु पिडिएफ भर्सनमा परिवर्तन गर्न सक्नेछ । यसका साथै अन्य काम गर्न पनि सहज हुनेछ ।

डिजिटल रिमाइण्डर

यो फीचर विशेषगरि निरन्तर लामो समयसम्म वेबसाइट हेर्ने वा यूट्यूव जस्ता साइट हेर्नेहरुका लागि राखिएको हो । यो फीचरले प्रयोगकर्तालाई बीच बीचमा ब्रेक लिनको लागि स्मरण गराउँछ ।

नेभिगेशन

नेभिगेशनको सहयोगबाट स्मार्टफोनको क्यामरामार्फत नेभिगेट गर्न सकिनेछ । यो फीचरमा क्यामराको प्रयोगमार्फत तपाईँ कहाँ हुनुहुन्छ र कहाँ जानुपर्ने छ भन्ने जानकारी थाहा हुन्छ ।

गूगल म्याप

गूगल म्यापमा आर्टिफिशियल इन्टेलिजेन्सलाई जोडिने छ । जसको माध्यमबाट प्रयोगकर्ताले आफ्नो लोकेशनको नजिकमा भएको रेष्टुरेन्ट तथा क्याफेहरुको बारेमा जानकारी लिन सक्नेछ । गूगल म्यापमा नयाँ ग्रुप प्लानिंग फीचर पनि आउने छ ।

कुन कुन फोनमा एन्ड्रोयड पी

गूगलले शुरुवाती चरणमा सिमित फोनहरुमा मात्र नयाँ अपरेटिंग सिस्टम दिने भएको छ । कम्पनीले सोनी एक्सपेरिया एक्सजेड२ साओमी एमआइ मिक्स २एस, नोकिया सेभेन प्लस, ओप्पो आर१५ प्रो, भिभो एक्स२१, वानप्लस सिक्स र इसेन्सियल फोन वान स्मार्टफोनमा मात्र गूगलको एन्ड्रोयड पी अपरेटिंग सिस्टम उपलब्ध हुनेछ ।

प्रकाशित: २६ बैशाख २०७५, बुधबार

Comments are closed.

Loading...