मुक्तिनाथ विकास बैंक मोरङ्गको विराटनगरमा

Technology Khabar २६ बैशाख २०७५, बुधबार

मुक्तिनाथ विकास बैंक मोरङ्गको विराटनगरमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विराटनगर महानगरपालिका वडा नं. ७, मेनरोड जलजला चोकमा आफ्नो ७८ औं शाखा विस्तार गरेको छ । बैशाख २६ गते बुधबार नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्र कुमार खड्काले सो शाखा कार्यालयको उद्घाटन गरे ।

शाखा कार्यालय उद्घाटन गर्दै खड्काले प्रदेश नं. १ मा रहेका ग्रामिण तथा शहरी सम्भावित बजार क्षेत्रमा पनि अन्य शाखाहरु बिस्तार गरी सेवा प्रदान गर्न आग्रह गरे ।

कार्यक्रममा बैंकका ब्राण्ड एम्बास्डर सिताराम कट्टेल(धुर्मुश) र कुञ्जना घिमिरे(सुन्तली) ले मुक्तिनाथ विकास बैंक बैंकिङ्ग कारोबारसंग मात्र आवद्ध नभई सामाजिक उत्तरदायित्वमा पनि संगसंगै अगाडि बढेको बैंक भएकोले सम्पूर्ण नगरवासीलाई बैंकसंग आवद्ध हुन आव्हान गरे ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । सो क्रममा उनले मुक्तिनाथ विकास बैंकले आफ्ना समकक्षी विकास बैंकहरु मध्ये प्रगतिका प्रमुख १० वटा सूचकहरु मध्ये ६ वटा सूचकहरुमा सबै भन्दा अब्बल रहेको जानकारी गराएका थिए ।

TK Viber

प्रकाशित: २६ बैशाख २०७५, बुधबार

Loading...