बजाज आरइ महा टेष्ट ड्राइभ मेला बिर्तामोडमा सम्पन्न

Technology Khabar २६ बैशाख २०७५, बुधबार

बजाज आरइ महा टेष्ट ड्राइभ मेला बिर्तामोडमा सम्पन्न

काठमाडौं । बजाज थ्रि ह्विलर्स बजाज आरइको एक मात्र आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज आरइको बारेमा जानकारी दिने र सवारीधनीहरुलाई टेष्ट ड्राइभ र मनोरञ्जन दिने उद्धेश्यका साथ यहि बैशाख २२ गते झापाको बिर्तामोडमा बजाज आरई महा टेष्ट ड्राइभ मेला सम्पन्न गरेको छ ।

कलाकारहरुले यही बैशाख १९,२० र २१ गते बजाज आरइको बिषयमा जानकारी दिने उद्देश्यले सडक नाटकहरु प्रस्तुत गरेका थिए । उक्त नाटकमा बजाज आरइको बारेमा, बजाज आरइको उद्देश्यको बारेमा र बजाज आरई महा टेष्ट ड्राइभ मेलाका बारेमा स्थानीयलाई जानकारी गराइएको थियो ।

विश्वको प्रमुख थ्रि ह्वीलर आरइले नेपालीहरुलाई स्वदेशमा नै रोजगार प्रदान गर्ने उद्धेश्यका साथ नेपालमा बजाज आरइ बिक्री गर्दै आएको छ
कम्पनीले मनोरञ्जनका साथमा बजाजका थ्रि ह्वीलरको टेस्ट ड्राइभ गर्न सकिने गरि यहि शनिबार मेला आयोजना गरेको थियो । स्थानीय डिलरहरु पनि यो कार्यक्रममा समावेश रहेका थिए ।

कार्यक्रममा ३००० भन्दा बढि मानिसहरु सहभागी भएका थिए । मेलामा ६०० भन्दा बढी टेस्ट राइड प्रदान गरिएको थियोे र बजाज आरइ बुकिंग भएको थियो । यो मेलामा ५ वटा लक्कि ड्र गरिएको कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: २६ बैशाख २०७५, बुधबार

Loading...