सामसंगले ग्यालेक्सी एस १० आगामी जनवरीमा सार्वजनिक गर्ने

Technology Khabar २४ बैशाख २०७५, सोमबार

सामसंगले ग्यालेक्सी एस १० आगामी जनवरीमा सार्वजनिक गर्ने
Classic Tech
Nepal Telecom

काठमाडौं । सामसंगले सन् यो वर्षको शुरुवातमा नै नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस नाइन सार्वजनिक गरेको थियो । जून बजारमा अहिले पनि चर्चामा रहँदै आएको छ ।

अब सामसंगको ग्यालेक्सी एस नाइनको सक्सेसरको रुपमा ग्यालेक्सी एस टेन (Galaxy S10) ल्याउने तयारीमा कम्पनी रहेको छ । हालै ग्यालेक्सी एस टेनको बारेमा विभिन्न जानकारीहरु बाहिर आएका छन् ।

कम्पनीले ग्यालेक्सी एस १० स्मार्टफोन आगामी वर्षको पहिलो महिना अर्थात जनवरीमा नै सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले यसपटक जस्तै आगामी फ्ल्यागशिप पनि तोकिएको समयभन्दा अगाडि नै सार्वजनिक गर्ने रिपोर्टहरु बाहिर आएका हुन् ।

सामसंगले एस नाइन पनि यसअघिको एस ८ सार्वजनिक गरेको भन्दा एक महिना अगाडि नै विश्व बजारमा ल्याएको हो ।

रिपोर्टअनुसार सामसंगले स्मार्टफोनको लागि पार्टपुर्जा उपलब्ध गराउने आपूर्तिकर्ताहरुसँग सामान उपलब्ध गराउन गएको नोभेम्बरमा नै भनेको थियो । यसका साथै कम्पनीले नयाँ फोन निर्माण प्रोजेक्टको नाम पनि परिवर्तन गरेको बताईएको छ ।

त्यसैगरि सामसंगका सिईओले यसअघि नै फोल्डेबल स्मार्टफोनमा पनि कम्पनीले काम गरिरहेको बताएका थिए । जून यो वर्षभित्र नै आउने अनुमान गरिएको छ ।

माध्यम

TK Viber

प्रकाशित: २४ बैशाख २०७५, सोमबार

Comments are closed.

Loading...