मुक्तिनाथ विकास बैंक धनुषाको जनकपुरमा

Technology Khabar २४ बैशाख २०७५, सोमबार

मुक्तिनाथ विकास बैंक धनुषाको जनकपुरमा
Classic Tech
Nepal Telecom

काठमाडौं । मुक्तिनाथ विकास बैंकले जनकपुर उप–महानगरपालिका वडा नं. २, भानुचोकमा आफ्नो ७७ औं शाखा विस्तार गरेको छ । बैशाख २४ गते सोमबार नेपाल राष्ट्र बैंक जनकपुरका प्रमुख नरेश शाक्यले उक्त शाखा कार्यालयको उद्घाटन गरे ।

शाखा कार्यालय समुद्घाटन गर्दै शाक्यले मुक्तिनाथ विकास बैंकले जनकपुर क्षेत्रमा रहेका ग्रामीण तथा शहरी भेगका जनताहरुमा समावेशी वित्तीय पहुँच पु¥याउँदै ग्राहक मैत्री सेवा सुविधा प्रदान गर्ने कुरामा विस्वस्त रहेको बताए ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । सो क्रममा उनले मुक्तिनाथ विकास बैंकले आफ्ना समकक्षी विकास बैंकहरु मध्ये प्रगतिका प्रमुख १० वटा सूचकहरु मध्ये ६ वटा सूचकहरुमा सबै भन्दा अब्बल रहेको जानकारी गराएका थिए ।

सो विकास बैंकले लिएको समावेशी वित्तीय पहूँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताए ।

TK Viber

प्रकाशित: २४ बैशाख २०७५, सोमबार

Comments are closed.

Loading...