मेगा बैंकले बैशाख महिनाभित्र ११ शाखा खोल्दै

Technology Khabar २४ बैशाख २०७५, सोमबार

मेगा बैंकले बैशाख महिनाभित्र ११ शाखा खोल्दै

काठमाडौँ । मेगा बैंक नेपालले बैशाख महिनाभित्र ११ वटा नयाँ शाखा खोल्ने भएको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम मेगा बैंकले देशका ग्रामीण भेगमा शाखा विस्तार गर्न लागेको हो । यसैक्रममा पाँचथरको कुमायकमा आइतबार र सिन्धुपाल्चोकको इन्द्रावती सोमबार नयाँ शाखा खुलिसकेको छ ।

शाखा विस्तार हुन लागेकोमा बर्दियाको गेरुवा गाउँपालिका, इलामको रोङ, उयदपुरको रौतमाई गाउँपालिका, धनुषाको लक्ष्मीनिया गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र गोरखाको भीमसेन गाउँपालिका रहेका छन् । यस्तै, तनहुँको भानु नगरपालिका र स्याङ्जाको भीरकोट नगरपालिकामा पनि मेगा बैंकको शाखा विस्तार हुन लागेको बैंकले जानकारी दिएको छ ।

‘मेगाले शाखा विस्तार गर्न लागेको ठाउँमा अहिलेसम्म ‘क’ बर्गको बाणिज्य बैंक पुगेका छैनन् । घरदैलोमै राष्ट्रियस्तरको बैंकको सुविधा पाउने आशमा सर्वसाधारणहरु उत्साहित देखिएका छन्,’ मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले भनिन् ।

स्थापनाकालदेखि नै आर्थिक समावेशितालाई मुख्य प्राथमिकता दिँदै आएकाले बैंकिङ पहुँचमा नपुगेका नेपालीहरुलाई सेवा प्रवाह गर्न मेगा बैंक तल्लीन रहेको सिइओ खुञ्जेलीले बताईन् ।

योसँगै मेगा बैंकका ३ वटा एक्टेन्शन काउन्टरसहित ४९ वटा शाखा पुगेको छ । मेगा बैंकको ५४ वटा मेगा मनी मेशिन, ५८ शाखारहित बैंकिङ सेवा र देशभर छरिएका मेगा रेमिटका १८ सय भन्दा बढी एजेन्ट रहेको बैंकले जानकारी दिएको छ ।

प्रकाशित: २४ बैशाख २०७५, सोमबार

Comments are closed.

Loading...