नबिल बैंकद्वारा एसएमई हबको स्थापना, लघु, साना तथा मझौला ब्यवसायको क्षेत्रमा लगानी प्रवद्र्धन गर्न युकेएड सक्षमसँग हातेमालो

Technology Khabar २३ बैशाख २०७५, आईतवार

नबिल बैंकद्वारा एसएमई हबको स्थापना, लघु, साना तथा मझौला ब्यवसायको क्षेत्रमा लगानी प्रवद्र्धन गर्न युकेएड सक्षमसँग हातेमालो

काठमाडौं ।

काठमाडौं । नबिल बैंकको मिड–कर्पोरेट एण्ड एसएमई हबको बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले युनाइटेड वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वर, काठमाडौंमा उद्घाटन गरेका छन् ।

यस हबले मिड–कर्पोरेट तथा साना तथा मझौला प्रकृतीका ब्यापार, उत्पादन र सेवाको काममा संलग्न व्यावसायिहरुलार्ई सेवा प्रदान गर्दछ । यस हबले नबिल बैंकका देशभरीका विभिन्न शाखाहरुमा हुने प्रत्यक्ष तथा अप्रत्यक्ष लघुवित्त सम्बन्धी क्रियाकलापहरुलाई समेत हेर्ने जानकारी दिईयो ।

मिड–कर्पोरेटले एउटा इकाई तथा समुहलाई तिन करोड देखी दश करोड रुपयाँ सम्मको कर्जा प्रवाह गर्दछ । एसएमइले तिन करोड रुपैयाँसम्मको कर्जा प्रवाह गर्दछ भने लघुवित्तले कुनै ब्यक्ति तथा इकाईलाई प्रत्यक्षरुपमा प्रदान गर्ने कर्जालाई समेट्छ । त्यसैगरी होलसेल कर्जाले एमएफआई र सहकारी लगायत एमएफआइमा गरिने शेयर लगानीलाई समेत समेट्छ ।

नबिल बैंक तथा युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्राम (सक्षम) ले लघु तथा साना र मझौला ब्यवसायको क्षेत्रमा वित्तिय पहुँचलाई विस्तार गर्नको लागि हातेमालो गरेका छन । देशमा सञ्चालित लघु, साना र मझौला ब्यवसायमा गरिने लगानीमा पहुँच बढाउने उद्घेश्यमा समर्पित एक विशेष एसएमई कर्जा ईकाई स्थापना गरेर ग्रामिण भेगमा लघु, साना तथा मझौला ब्यवसायमा लगानी गरी त्यस क्षेत्रको प्रवर्धनको लागि नबिल बैंकले सक्षम सँग मिलेर काम गर्न चाहेको छ । सोही लक्ष प्राप्तिको लागि आजै सो हबको उद्घाटनको समयमा नबिल बैंक र सक्षमका विचमा एउटा सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल शाहले मिड–कर्पोरेट एण्ड एसएमई हबको उद्घाटन र सक्षमसँगको समझदारीले देशभरी एसएमई तथा मिड–कर्पोरेट कर्जाको हिस्सालाई विस्तारगर्नको लागि नबिल बैंकले गरेको प्रतिवद्धतालाई थप मजवुत गराएको बताए ।

‘हाल हामीसँग एसएमई तथा मिड–कर्पोरेट कर्जा २५ अरब रहेकोमा आगामी दिनमा यसलाई थप बृद्धि गर्ने प्रयास गरिरहेका छौं,’ उनले भने ।

त्यसैगरी सक्षमका टिम लिडर वलजित वोहराले एसएमई हब मार्फत साना तथा मझौला ब्यवसायको वित्तिय आवस्यकतालाई सरल तथा सहज किसिमबाट पुरागर्न संसारमा स्थापित उच्चतम अभ्यासहरु तथा सेवाप्रदान गर्ने संयन्त्रहरुलाई प्रयोगमा ल्याउन मद्दत गर्ने बताए ।

सोहि समारोहमा नबिल बैंकले नयाँ ब्यवसाय वा कायम रहेका साना तथा मध्यम स्तरका ब्यापारिक, उत्पादनमुलक तथा सेवामुलक ब्यवसायलाई सहयोग प्रदान गर्ने उदेस्यले निम्न विशेषता भएको अत्यन्त सरल ब्याजदरमा नबिल एसएमइ फास्टट्रयाक कर्जा नामको कर्जा सुबिधा प्रदान गर्ने कामको शुरुवात गरेको छ ।

नबिल एसएमइ फास्टट्रयाक कर्जा देशभरका नबिल बैंकका सबै शाखाहरु लगायत मिड–कर्पोरेट एण्ड एसएमई हब, त्रिपुरेश्वर काठमाडौंमा उपलब्ध हुने बैंकले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २३ बैशाख २०७५, आईतवार

ताजा समाचार