भिभो भी नाइन युथ स्मार्टफोन नेपाली बजारमा, मूल्य २९ हजार रुपैयाँ

Technology Khabar २३ बैशाख २०७५, आईतवार

भिभो भी नाइन युथ स्मार्टफोन नेपाली बजारमा, मूल्य २९ हजार रुपैयाँ

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोले नेपाली बजारमा युवापुस्तालाई ध्यानमा राखेर नयाँ स्मार्टफोन भी नाइन युथ (Vivo V9 Youth) सार्वजनिक गरेको छ ।

शनिवार एक कार्यक्रमका बिच सार्वजनिक भएको यो स्मार्टफोन यसअघि सार्वजनिक भएको भिभो भी नाइन (Vivo 9) स्मार्टफोनको युथ भर्सन भएको कम्पनीले जानकारी दिएको छ ।

भिभो भी नाइनको बजार प्रतिकृयाबाट उत्साहित हुँदै कम्पनीले नेपाली बजारमा भी नाइनको नयाँ भर्सन भिभो भी नाइन यूथ सार्वजनिक गरेको जानकारी दिएको छ।

भिभो भी नाइन यूथमा ६.३ इन्चको फुल एचडी प्लस एमोलेड (FHD+ AMOLED) डिस्प्ले राखिएको छ, जसको स्क्रीन रिजोल्यूशन २२८०x१०८० पिक्सेल छ।

क्वालकम स्न्यापड्रागन ४५० अक्टा-कोर प्रोसेसर राखिएको फोनमा ४ जीबी र्याम तथा ३२ जीबी स्टोरेज रहेको छ । यसको स्टोरेज माइक्रो एसडी कार्डद्धारा २५६ जीबीसम्म बढाउन सकिन्छ ।

फोटोका लागि भी नाइन यूथमा १६ मेगापिक्सेल र २ मेगापिक्सेलको ड्यूल रियर क्यामरा राखिएको छ । भिडियो कलिंग तथा सेल्फीका लागि १६ मेगापिक्सेलको वाइड एंगल लेन्स राखिएको छ ।

क्यामरामा बोकेह मोड, सट रि फोकस, एआई फेस ब्यूटी, एआर स्टीकर तथा फोरके भिडियो रहेको छ । एन्ड्रोयड ८.१ ओरियोमा आधारित यो फोनमा ३,२६० एमएएचको ब्याट्री प्याक रहेको छ ।

कनेक्टिभिटीका लागि फोनमा फोरजी भिओएलटिई, ब्लूटूथ ४.२, वाईफाई, जीपीएस, ड्यूल सिम तथा माइक्रो यूएसबी २.० रहेको छ।
नेपाली बजारमा यो फोनको मूल्य २९ हजार ३ सय ९० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: २३ बैशाख २०७५, आईतवार

ताजा समाचार