बुढानिलकण्ठ नगरपालिकामा विद्युतिय शुसासन सम्वन्धी कार्यक्रम

Technology Khabar २२ बैशाख २०७५, शनिबार

बुढानिलकण्ठ नगरपालिकामा विद्युतिय शुसासन सम्वन्धी कार्यक्रम

काठमाडौं ।

काठमाडौं । भर्याङ नेपाल र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा पहुँचयुक्त विद्युतिय शुसासन सम्वन्धी कार्यशाला सम्पन्न भएको छ ।

शुक्रवार आयोजना भएको कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेलले सरकारी कामकाजलाई डिजिटलाईज गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन । अबको दुई वर्षभित्र बुढानिलकण्ठमा डिजिटल गर्भनेन्स सुरु गर्दै नगरपालिकाका सेवा र सुविधाहरु पहँुचयुक्त शुसासनको रुपमा विकास हुने मेयर खरेलले बताए ।

कार्यक्रममा स्थानिय निकायमा प्रविधिमैत्री सेवाले गर्दा पहुचयुक्त शुसासन ल्याउन सकिने कुरामा जोड दिइएको थियो । सरकारले पछिल्लो चरणमा तीनै तहका सरकारी निकायलाइ समन्वय गर्नेगरी प्रविधिमैत्री सिस्टम विकास गर्न लागिरहेको आइटी विभागका निर्देशक सुवास ढकालले बताए ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयका सञ्चार निर्देशनालय प्रमुख डा राजिब शुब्बाले स्थानिय निकायलाइ विद्युतिय शुसासनमा रुपान्तरण गर्न व्यत्ति, प्रणाली र प्रविधिको समन्वय हुनुपर्ने बताए ।

देशभरका स्थानिय निकायहरुलाइ विद्युतिय शुसासनमा जानको लागि सचेतनात्मक कार्यक्रमहरु गर्ने योजना सहित बुढानिलकण्ठबाट पहिलो कार्यक्रम सुरु भएको भर्याङ नेपालका उपाध्यक्ष तुषार न्यौपानेले जानकारी दिए ।

बुढानिलकण्ठमा भएको कार्यक्रममा इ सेवाका तर्फबाट सिइयो रोशन लामिछाने, ब्रेनडिजिटका सिइयो निश्चल प्रधान र साइबरनेटिक्सका प्रवन्ध निर्देशक जेम्स न्युच्छेले आफ्नो कम्पनीको बारेमा प्रबद्र्धनात्मक जानकारी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नगरपालिकाका प्रतिनिधि स्थानिय बुद्धिजिबी र विद्यालयका प्रतिनिधिहरु समेत एक सय २० जनाको सहभागिता रहेको थियो ।

Global Bank
easy care

प्रकाशित: २२ बैशाख २०७५, शनिबार

ताजा समाचार