ट्वीटरद्धारा प्रयोगकर्ताहरुलाई पासवर्ड परिवर्तन गर्न आग्रह, यसरी गर्नुहोस् पासवर्ड परिवर्तन

Technology Khabar २१ बैशाख २०७५, शुक्रबार

ट्वीटरद्धारा प्रयोगकर्ताहरुलाई पासवर्ड परिवर्तन गर्न आग्रह, यसरी गर्नुहोस् पासवर्ड परिवर्तन

काठमाडौं ।

काठमाडौं । ट्वीटरले (Twitter) आफ्ना सबै प्रयोगकर्तालाई आफ्नो एकाउन्टको पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ । ट्वीटरको आन्तरिक नेटवर्कमा समस्या देखिएकाले आफ्ना ३३० मिलियन प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको छ।

ट्वीटरका कार्यकारी प्रमुख ज्याक डोरसेले ट्वीटरमा आन्तरिक नेटवर्कमा बग देखिएको जसले पासवर्डलाई नदेखिने वा छोपिने बनाउन नसकेको समस्या देखिएको बताएका छन् । उनले आन्तरिकरुपमा बग भेटिएपनि दुरूपयोग भएको संकेत फेला नपरेको बताएका छन्।

यो आन्तरिक नेटवर्कमा देखिएको बगका कारण पासवर्ड चोरी भएको या कुनै दुरुपयोग नभएको उनले जानकारी दिएका छन् ।

यो समाधान भईसकेपनि पूर्व सावधानी अपनाउनका लागि प्रयोगकर्ताहरुले पासवर्ड परिवर्तन गर्नका लागि ट्वीटरले भनेको हो ।

यसरी गर्नुहोस पासवर्ड परिवर्तन

तपाईँलाई ट्वीटरले कुनै समस्या वा दूरुपयोग नभएको भएपनि पूर्व सावधानीका लागि पासवर्ड परिवर्तन गर्न आग्रह गरेको हुँदा त्यसमा तपाईँले आवश्यकताअनुसार पासवर्ड परिवर्तन गर्न वा अहिलेको बाट नै ट्वीटर एकाउन्ट चलाउन सक्नुहुनेछ।
यदि तपाईँ पासवर्ड परिवर्तन गर्न चाहनुहुन्छ भने यसको लागि केहि प्रकृयाहरु पुरा गर्नुपर्ने हुन्छ।
पासवर्ड परिवर्तन गर्न सबैभन्दा पहिले आफ्नो एकाउन्ट अहिलेको पासवर्डबाट नै खोल्नुहोस्
एकाउन्ट खोलिसकेपछि ट्वीटरले नै तपाईँलाई सुरक्षित बनाउने हो भने पासवर्ड परिवर्तन गर्नका लागि सेटिंगमा जाने पेज देखाउँछ ।
त्यो पेजको सेटिंग भन्ने स्थानमा क्लिक गरेर तपाईँ आफ्नो एकाउन्टको सेटिंगमा सिधै जानसक्नु हुन्छ वा त्यसलाई स्कीप गरेर आफ्नो एकाउन्टमा प्रवेश गर्न सक्ने अप्सन प्रयोग गर्न सक्नुहुन्छ ।
तपाईँले एकाउन्ट खोलिसकेपछि तपाईँको तस्विर भएको स्थानमा क्लिक गर्नुहोस् । जहाँ कम्प्यूटरको माउस राखेपछि प्रोफाइल एण्ड सेटिंग्स भन्ने देखाउँछ । त्यसमा क्लिक गर्नुहोस् ।
त्यसमा क्लिक गरेपछि विभिन्न अप्सन देखाउँछ जसमध्ये सेटिंग्स एण्ड प्राइभेसी भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।
यो अप्सनमा क्लिक गरेपछि तपाईँको स्क्रीनको देब्रे साइडमा तपाईँको एकाउन्टको बारेमा विभिन्न जानकारी दिने अप्सन आउँछ । जसमध्ये तपाईँले पासवर्ड भन्ने अप्सन छनौट गर्नुहोस र क्लिक गर्नुहोस् ।
पासवर्डमा क्लिक गरेपछि तपाईँको स्क्रीनमा पासवर्ड परिवर्तन गर्ने स्थान देखाउँछ ।जसमा अहिले प्रयोग गरिरहेको पासवर्ड शुरुमा माग्दछ भने त्यसपछि नयाँ पासवर्ड हाल्ने स्थान देखाउँछ भने नयाँ पासवर्डलाई भेरिफाइ गर्ने स्थान पनि देखाउँछ ।
यो स्थानमा नयाँ पासवर्ड राखेपछि त्यसको तल देखिने सेभ चेन्ज भन्ने बक्स, स्थानमा क्लिक गरेपछि तपाईँको पासवर्ड परिवर्तनको प्रकृया पुरा हुन्छ ।
अर्को पटक तपाईँले आफ्नो ट्वीटर एकाउन्ट खोल्दा नयाँ पासवर्डबाट खोल्न सक्नुहुनेछ ।
तपाईँले पासवर्ड राख्दा भने निकै ध्यान दिनुपर्ने हुन्छ । पासवर्ड अधिकांशले सम्झिन सजिलो होस भनेर आफुलाई सहज हुने किसिमको राख्ने गर्दछन तर त्यस्तो पासवर्ड ह्याकरले सहजै पत्ता लगाउन सक्छन् । त्यसैल पासवर्ड लाख्दा क्यापिटल र स्मल अक्षरहरु, विभिन्न अंकहरु, उपलब्ध र स्वीकार गर्ने साइन जस्तै डट,ह्यास, स्टार इत्यादी राख्नसक्नुहुन्छ भने पासवर्ड कम्तीमा ८ अंक भन्दा माथिको हुनुपर्दछ ।

प्रकाशित: २१ बैशाख २०७५, शुक्रबार