ओपोले एफ सेभेनको बारेमा बेन्चमार्कमा यसरी झुक्यायो

Technology Khabar २१ बैशाख २०७५, शुक्रबार

ओपोले एफ सेभेनको बारेमा बेन्चमार्कमा यसरी झुक्यायो
Classic Tech

काठमाडौं । कुनैपनि स्मार्टफोनको सम्पूर्ण परफरमेन्स अर्थात कार्यक्षमताको मूल्यांकन गर्न बेन्चमार्कहरुलार्इ आधार मान्ने गरिन्छ । तर बेन्चमार्क नै स्मार्टफोनको लागि सबै कुरा होईन् ।

बेन्चमार्कले केबल स्मार्टफोनले कसरी अधितम प्रयोगको बेलामा व्यवहार देखाउँछ भन्ने आधारभूत जानकारी देखाउँछ ।

पछिल्लो दिनमा बेन्चमार्कहरुमा आउने परफरमेन्स नै स्मार्टफोनहरुको लागि मुख्य विषय भएको देखिएको छ ।

हालै चिनियाँ स्मार्टफोन कम्पनी ओपोले भने बेन्चमार्कका आउने अंकलाई नै महत्वपूर्ण मानेको देखिएको छ । ओपोले आफ्नो हालै सार्वजनिक गरेको एफ सेभेन स्मार्टफोनको लागि बेन्चमार्कमा झुक्याईरहेको भेटिएको छ ।

ओपोले बेन्चमार्कमा ठगिरहेको एक भियतनामी ब्लगरले भेटेका छन् । यसअघि ओपोले एफ थ्री सार्वजनिक गर्दा पनि बेन्चमार्कमार्फत त्यसको परफरमेन्सको बारेमा झुक्याएको आरोप लागेको थियो ।

सो ब्लगरकाअनुसार ओपो एफ सेभेनको कार्यक्षमतालाई अधिकतमरुपमा बुस्ट गरिएको अर्थात बढाईचढाई गरीएको भेटेका हुन् । ओपो प्रयोगकर्ताले अन तू तू (An Tu Tu) बेन्चमार्कमा सो बुस्ट गरिएको भेटिएको हो ।

ब्लगरकाअनुसार ओपो एफ सेभेनमा रहेको हेलियो पी६० प्रोसेसरले अन तुतुमा त्यसको कोर्स २.० गीगाहर्जसम्म हुँदा उच्चतम स्कोर गरेको छ । यो स्कोरका लागि प्रयोगकर्ताले नक्कली र खाली रहेको अन तु तु बेच्नमार्क एप बनाएका थिए र त्यसलाई सक्कली जस्तै नाम दिएका थिए । सो बेन्चमार्कमा हेलियो पी६० (Helio P60) का साथमा अन्य स्न्यापड्रागन प्रोसेसरहरुको बारेमा तुलना गरेर देखाईएको छ ।

स्रोत माध्यम

TK Viber

प्रकाशित: २१ बैशाख २०७५, शुक्रबार

Loading...