७ प्रदेशका ७५३ स्थानीय निकायका तथ्यांक हेर्न पाईने भूगोल प्रोफाइल सार्वजनिक

Technology Khabar २० बैशाख २०७५, बिहीबार

७ प्रदेशका ७५३ स्थानीय निकायका तथ्यांक हेर्न पाईने भूगोल प्रोफाइल सार्वजनिक

काठमाडौं ।

काठमाडौं । विकास उद्यमीद्वारा सञ्चालित नेपाल इन डाटाले सबै ७ प्रदेश र ७५३ स्थानीय निकायहरूसँग सम्बन्धित मुख्य डाटा तथा तथ्यांकहरू समेटिएको भूगोल प्रोफाईल (Geo Profile) को प्रारम्भिक संस्करण सार्वजनिक गरेको छ ।

सो भूगोल प्रोफाईल www.nepalindata.com/data मा उपलब्ध रहेको छ र प्रयोगकर्ताहरूले आफूलाई चाहिएको प्रदेश र स्थानीय निकायहरूको जनसंख्या, अर्थतन्त्र, कृषि, उद्योग,स्वास्थ्य, शिक्षालगायत विभिन्न क्षेत्रका प्रमुख सूचकहरूको तथ्यांक प्रोफाईलमा हेर्न सक्ने बताईएको छ । प्रयोगकर्ताहरूले आफूले छानेका प्रदेश/स्थानीय निकायका विभिन्न सूचकहरूबीच तुलना गरी विकासको हालको परिदृश्य मुल्यांकन पनि गर्न सक्छन् ।

भूगोल प्रोफाइलमा १२ खण्डमा भएका २८०० भन्दा धेरै डाटा तथ्यांकहरूलाई ग्राफ र तालिकाको सहयोगमा विश्लेषण गर्न पनि सकिन्छ साथै आफू अनुकुल प्रयोग गर्नको लागि csv र jpeg फरम्याटमा पनि डाउनलोड गर्न सकिने संस्थाले जानकारी दिएको छ।

भूगोल प्रोफाईलको माध्यमबाट तथ्यांकहरूको सहज पहुच निर्माण गरी केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारहरूले गर्ने योजना निर्माण र कार्योन्यन का साथै निर्णय प्रकृयालाई सहयोग पुर्याउनु नै नेपाल इन डाटाको लक्ष्य रहेको संस्थाको भनाई छ ।

तथ्यांक हेरेर आम नागरीकहरूले स्थानीय स्तरमा भएका विकास निर्माणको निगरानी गर्न सकुन् भन्ने विश्वास यसले लिएको छ। यसका साथै मिडिया, नागरीक समाज, सामाजिक संघ संस्था, दातृ निकाय र निजी क्षेत्र समेतको योजना निर्माण र कार्यान्वयन प्रकियालाई तथ्यांकहरूका मार्फत सहयोग पुर्याउनु पनि नेपाल इन डाटाको उदेश्य रहेको छ ।

भूगोल प्रोफाईलमा समावेश भएका तथ्यांकहरू सबै आधिकारिक सरकारी स्रोतहरूबाट संकलन गरीएका हुन् । सूचकहरूको तथ्यांक नेपाल इन डाटाले केन्द्रीय तथ्यांक विभाग, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, लगायतका अन्य सरकारी संस्था तथा निकायहरूद्वारा प्रकाशित तथ्यांकहरूको प्रयोग गरी तयार पारेको हो । आगामी महिनाहरूमा थप सुविधाहरूको समावेश गरी भूगोल प्रोफाईललाई विस्तार गर्ने योजना नेपाल इन डाटाको रहेको छ ।

भूगोल प्रोफाईलको परिकल्पना नेपाल इन डाटाले गरेको  हो र यो प्रोफाईल अस्ट्रेलियन सरकार र द एशिया फाउन्डेशनको सहकार्यमा संचालित स्थानीय सरकार सबलिकरण कार्यक्रमको सहयोगमा तयारी पारिएको संस्थाले जनाएको छ।

easy care

प्रकाशित: २० बैशाख २०७५, बिहीबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार