Technology Khabar २० बैशाख २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरुको डाटा चोरीको आरोप लागेको क्याम्ब्रिज एनालिटिका बन्द हुने भएको छ ।
फेसबुकबाट प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरी अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई सहयोग गरेको आरोप लागेको कम्पनीले बन्द हुन घोषणा गरेको छ ।
क्याम्ब्रिज एनालिटिका र त्यसको बेलायतमा रहेको मूख्य कम्पनी एससीएल इलेक्सन लिमिटेड दुबै बन्द हुन लागेका हुन् ।
क्याम्ब्रिज एनालिटिका कम्पनीमाथि ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी गरेको आरोप लागेको छ ।
आरोप लागेपछि ग्राहक नपाएपछि व्यवसाय बन्द गर्न लागेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले आफू टाट पल्टेको घोषणाको औपचारीक प्रकृया छिटै शुरु गर्न लागेको छ ।
कम्पनीले डाटा चोरीको आरोप मिडियाहरुमा आएपछि आफ्ना ग्राहकहरु तथा तथ्यांक आपूर्तिकर्ताहरु सबैले कम्पनीसँग कारोबार छोडेको हुँदा आर्थिक समस्या आएको उल्लेख गरेको छ ।
कम्पनीले आफूमाथि लागेको आरोप आधारहीन भएको जनाएको छ ।
प्रकाशित: २० बैशाख २०७५, बिहीबार