शाओमीले ल्यायो मि म्यूजिक र मि भिडियो एप्स, १ करोड बढि गीत सुन्न सकिने

Technology Khabar २० बैशाख २०७५, बिहीबार

शाओमीले ल्यायो मि म्यूजिक र मि भिडियो एप्स, १ करोड बढि गीत सुन्न सकिने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी शाओमीले स्मार्टफोनसहित विभिन्न उत्पादनहरुका साथमा सफ्टवेयरमा पनि ध्यान दिने भएको छ । शाओमीले हालै विश्व बजारमा पहिलो पटक मि म्यूजिक (Mi Music) र मि भिडियो (Mi Video) सार्वजनिक गरेको छ ।

कम्पनीले हालै आयोजित मि पप इभेन्टमा दुई एप्स सार्वजनिक गरेर भारतीय बजारमा म्यूजिक क्षेत्रमा हात हालेको हो ।

शाओमी इण्डियाका भाइस प्रेसिडेन्ट तथा म्यानेजिंग डाइरेक्टर मनु जैनले दुई एप्स सार्वजनिक भएपछि लाखौं यूजर्सलाई फाइदा हुने र उनीहरुको मनोरन्जनात्मक अनुभवमा सुधार हुने बताए ।

कम्पनीले मि म्यूजिक एपलाई भारतीय कम्पनी हंगामाका साथमा मिलेर ल्याएको हो ।

शाओमीको मि म्यूजिक एपमार्फत १ करोड भन्दा बढि गीतहरु सुन्न सकिने बताईएको छ । यूजर्सले यी गीतहरु हिंदी, बंगाली, भोजपुरी, तलिमजस्ता भारतका क्षेत्रिय भाषाहरुमा पनि सुन्न सक्नेछन् ।

यसका साथमा आएको कम्पनीको एमआइ भिडियो एपले पनि विभिन्न १५ भारतीय भाषाहरु सर्पोट गर्दछ ।

मि भिडियो एपका लागि शाओमीले हंगामा प्ले, सोनीलिव ताथ वूटका साथ करार गरेको छ । कम्पनीकाअनुसार यो एपमा ८० प्रतिशत कन्टेन्टहरु पूर्णरुपमा निशुल्क रहेका छन् ।

मि म्यूजिकबाट अफलाइनमा पनि सुन्नको लागि गित डाउनलोड गर्नको लागि भने भारु ८९९ वार्षिकरुपमा तिर्नुपर्ने हुन्छ ।

माध्यम

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २० बैशाख २०७५, बिहीबार

ताजा समाचार