नेपालमा ओपो एफसेवेनको फर्स्ट सेल शुरु, २५ मेगापिक्सेलको फ्रण्ट क्यामेरा

Technology Khabar २० बैशाख २०७५, बिहीबार

नेपालमा ओपो एफसेवेनको फर्स्ट सेल शुरु, २५ मेगापिक्सेलको फ्रण्ट क्यामेरा
NTC_Advt

काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो एफसेवेनको (Oppo F7) अप्रिल २५देखि फर्स्टसेलमार्फत विक्रि आरम्भ गरेको छ ।

ओपो एफसेवेन एआई ब्यूटी टेक्नोलोजि २.० र २५ एमपी फ्रण्ट क्यामेरा सहितको नेपालमा ब्राण्डकै पहिलो एफएचडी+ सुपर फुल स्क्रिन डिस्प्ले मोडल हो । सेल्फीमा रहेका विषयहरुका लागि ब्यक्तिगत ब्यूटिफिकेशन उपलब्ध गराउन डिजाइन गरिएको प्रविधि सहितको उक्त फोन सोलर रेड, मुनलाइट सिल्भर र डायमण्ड ब्ल्याक गरी तीन भिन्न रंगमा उपलब्ध गराईएको छ ।

दूई भिन्न संस्करणमा उपलब्ध गरिएको सो फोनको ४ जीबी मोडलको मूल्य ३६ हजार ५सय ९० रुपैयाँ तोकिएको छ भने एफसेवेन १२८ जीबीको मूल्य ४६ हजार ५ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।

ओपो एफसेवेन मार्फत सेल्फी फिचरका रुपमा उपलब्ध गरिएको एआई २.०ले अनुहारका आकार, विशेषता लगायत ग्लोबल डाटावेसमा आधारित भइ पहिचान गर्ने क्षमता राख्छ । साथै, यसमा २९६ फेसियल टच प्वाइन्ट्सपनि रहेका छन् । यसको विकास प्रक्रियाका दौरान ब्यवसायिक फोटोग्राफर्स, मेकअप आर्टिस्ट लगायतसंग विशेष परामर्श लिइएको थियो । फलस्वरुप, ओपो एफसेवेन मार्फत खिचिएका सेल्फीहरु अझ वास्तविक र प्राकृतिक देखिन्छन् । उत्कृष्ट सेल्फीका लागि ओपो एफसेवेनमा ओक्टा कोर ६४–बीट मिडियाटेक हेलियो पी६० प्रोशेसरको प्रयोग गरिएको छ ।

फस्र्ट सेलका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘बजार माग र विक्रि नियाल्दा ओपो एफसेवेनले ब्राण्डकै लागि नयाँ उचाई स्थापित गर्ने करिव निश्चित छ । बजारबाट आएको यस्तो प्रतिक्रियाले भविष्यमा अझ उत्कृष्ट उत्पादन नेपाली उपभोक्ताका लागि पस्किन हामीलाई थप हौसला तथा प्रेरणा मिलेको छ ।’

६.२३–ईञ्चको एफएचडी प्लस डिस्प्ले सपोर्ट गर्ने फोनमा ३,४०० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । स्क्रिनको सुरक्षाका लागि फोनमा स्क्र्याच रेजिस्टेण्ट कोर्निङ गोरिल्ला ग्लास ५को प्रयोग गरिएको छ ।

साथै, फोनमा रहेको १६ एमपी रियर क्यामेरा दिन तथा रात दुबै समयमा शटका लागि उत्कृष्ट छ । एण्ड्रोइड ८.१मा आधारित कलरओएस ५.०मा प्रणाली ब्यवस्थापनमा सुविधाका लागि सफ्टवेयरमै एआईको ब्यवस्था गरिएको छ ।

कलर ओएस ५.० एआई पावर म्यानेजरले फोन उत्कृष्ट अवस्थामा रहोस् भन्ने कुरालाई ध्यानमा राखि एप अनुसार उर्जा वितरण गर्छ । एफफाइभसंगको तुलनामा ओपो एफसेवेनको समग्र कार्यक्षमतामा ८० प्रतिशतले सुधारिएको कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: २० बैशाख २०७५, बिहीबार

Loading...