सामसंग जे सेभेन डुओ नेपाली बजारमा, ड्यूल रियर क्यामराको सुविधा

Technology Khabar २० बैशाख २०७५, बिहीबार

सामसंग जे सेभेन डुओ नेपाली बजारमा, ड्यूल रियर क्यामराको सुविधा
Classic Tech

काठमाडौं । सामसङले हालै आफ्नो स्मार्टफोनको शृंखलामा ग्यालेक्सी जे सेभेन डुओ (Galaxy J7 Duo) थप गरेको छ । । ग्यालेक्सी जे सिरिज नेपालको सबैंभन्दा प्रसिद्ध स्मार्टफोन सिरिज भएको र ३ वटा मोबाइलको बिक्रीमा १ वटा बिक्री हुने कम्पनीले दाबी गरेको छ ।

ग्यालेक्सी जे सेभेन डुओ मा भएको डुयल क्यामराले जे सिरिजलाई अझ बढी उत्कष्ट बनाएको छ । यसमा भएको रियर क्यामरा १३ मेगापिक्सलदेखि ५ मेगापिक्सलसम्ममा सेटअप गर्न सकिने सुविधा रहेको छ ।

यसको फ्रन्ट क्यामरा ८ मेगापिक्सल रहेको छ । दुबै क्यामरा f/1.9 युक्त अपर्चर तथा एलइडी फ्ल्यास रहेको बताईएको छ । यसमा भएको डुयल क्यामराले फोटो खिचीसके पछि ब्याक ग्राउन्डलाई ब्लर र फोटोलाई सफा गरी राख्न सकिन्छ । साथै विभिन्न आकृतिका सफ्टलाइट इफेक्ट पनि समायोजन गर्न सकिन्छ ।

‘ग्यालेक्सी जे सेभेन डुओ मोबाइल फोन जे सिरिज अन्तर्गत नयाँ आविष्कार हो, यो नेपाल ग्राहकहरुको मनमनमा वस्ने छ । यसमा भएको डुयल क्यामराले जुनसुकै वेला उच्चस्तरीय फोटो तथा भिडियो खिच्न सकिन्छ । यो स्मार्टफोनमा सहज रुपमा आवद्ध हुन तथा आफ्ना जीवन्त अनुभवहरु विशेष तरिकाबाट साट्न सकिने सुविधा रहेको छ र यसले आगामी दिनहरुमा आफ्नो पकड सहजै जमाउने छ,’ सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले भने ।

ग्यालेक्सी जे सेभेन डुओ सिरिजमा एक्सनोज ७ सिरिज अक्टा कोर प्रोसेसर ४ जीबी ¥याम तथा ३२ जिबि मेमोरी रहेको छ, जसलाई माईक्रो एसडि कार्डको प्रयोग गरी २५६ जिबिसम्म बढाउन सकिन्छ ।

फोनमा ५.५ इन्चको एच डि सुपर एमोलेड डिस्प्ले रहेको छ भने ३००० एमएएच व्याट्रि राखिएको छ । एन्ड्रोयड ओरियो अपरेटिङ्ग सिस्टम राखिएको हुँदा यसमा एकैपटक दुईवटा एप्स चलाउन सकिने सुविधापनि रहेको छ ।

ग्यालेक्सी जे सेभेन डुओको मूलय २८ हजार ९ सय ९० रुपैयाँ रहेको छ । यो फोन ब्ल्याक तथा गोल्ड कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: २० बैशाख २०७५, बिहीबार

Comments are closed.

Loading...