सेञ्चुरी कमर्सियल बैंकमा तुलसीराम गौतमले सिईओको कार्यभार सम्हाले

Technology Khabar २० बैशाख २०७५, बिहीबार

सेञ्चुरी कमर्सियल बैंकमा तुलसीराम गौतमले सिईओको कार्यभार सम्हाले
NTC_Advt

काठमाडौं । सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा तुलसीराम गौतमले कार्यभार सम्हालेका छन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत गौतमलाई बैंकको सञ्चालक समिति तथा का. मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले स्वागत गरेका थिए ।

विगत ७ महिनादेखि नायव प्रमुख कार्यकारी अधिकृत भट्टराईले कायम मुकामय प्रमुख कार्यकारी अधिकृत भई कार्यभार सम्हालिरहेका थिए ।

गौतम अनुभवी बैंकरको रुपमा परिचित छन् । नेपाल बैंकबाट बैंकिङ्ग सेवा सुरु गरेका गौतमले उक्त बैंकमा १३ वर्ष काम गरेका थिए । त्यसपश्चात् उनले नेपाल इण्डोस्वयज बैंकमा ७ वर्ष, नेपाल एसबीआई बैंकमा कर्जा प्रमुख भई १० वर्ष र माछापुच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा रही ४ वर्ष काम गरेका थिए ।

गौतमले त्रिभुवन विश्व विद्यालयबाट बजारशास्त्र र वित्त विषयमा स्नातकोत्तर गरेका छन् । उनको अनुभव तथा नेतृत्वमा सेञ्चुरी बैंकले नेपालको बैंकिङ्ग जगतमा विशिष्ट पहिचान बढाउदै अगाडि बढ्ने बैंकले उल्लेख गरेको छ ।

बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जनाएको छ ।

प्रकाशित: २० बैशाख २०७५, बिहीबार