१५ करोडको कारोबार गर्दै १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न

Technology Khabar १९ बैशाख २०७५, बुधबार

१५ करोडको कारोबार गर्दै १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न

काठमाडौं ।

काठमाडौं । करिब १५ करोडको कारोबार गर्दै १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ । नेपाल १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ मा प्रत्यक्ष अप्रत्यक्ष १४ करोड ७५ लाख रुपियाँको कारोबार भएको छ । मेलामा एक लाख ९० हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा राजधानीको प्रदर्शनीमागीस्थित भृकुटीमण्डप परिसरमा चलेको मेलाको समापन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले आयआर्जन र उद्यमशीलताको विकासबाट मात्रै अर्थतन्त्र सुदृढ हुने बताईन् । अहिले सबैभन्दा शक्तिशाली सरकारका रुपमा रहेको स्थानीय निकाय मार्फत लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा बजेट परिचालन गर्नुपर्नेमा जोड दिईन् ।

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ आगामी मङ्गलबारसम्म चल्ने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने रहेको थियो ।

स्वाधीन र समृद्ध अर्थतन्त्र निर्माणको अभियान सञ्चालन गर्ने उद्घोषका साथ हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन र यस पश्चात गठन हुने केन्द्र र प्रदेश सरकारको मुख्य कार्य मुलुकको समृद्धितर्फ केन्द्रित हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै तीन लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रदर्शनीमार्फत प्रतिबिम्बित गरिएको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताए ।

समापन समारोहमा उत्कृष्ट बाजुराको हिमालयन अल्लो, झापाको रानीदेमा अर्गानिक प्लेट उद्योग, भक्तपुरको हेल्पिङ हेण्ड फेल्ट क्राफ्ले, बुटवलको लाङ्घाली अचार प्रोडक्सन एण्ड सप्लायर्स, ललितपुरको सविता कपडा उद्योग र लाहानको महिला हस्तकला उद्योगलाई उत्कृष्ट उद्यमी तथा उद्योगी सम्मानद्घारा सम्मानित गरिएको थियो ।

Global Bank
easy care

प्रकाशित: १९ बैशाख २०७५, बुधबार

ताजा समाचार