यस्तो प्रविधिले गाडिमार्फत हुने आतंककारी आक्रमण रोक्ने (भीडियोसहित)

Technology Khabar १८ बैशाख २०७५, मंगलवार

यस्तो प्रविधिले गाडिमार्फत हुने आतंककारी आक्रमण रोक्ने (भीडियोसहित)

काठमाडौं ।

काठमाडौं । विश्वभर पछिल्ला दिनहरुमा विभिन्न सवारी साधनद्धारा आतंककारी घट्नाहरु घटाउने क्रम बढिरहेको चिन्ताका बीच अनुसन्धानकर्ताहरुले नयाँ उपाय पत्ता लगाएका छन्।

प्रविधिको प्रयोगद्धारा त्यस्ता आतंककारी घट्नालाई रोक्न सकिने गरि नयाँ प्रविधिको विकास हुन लागेको हो।

अमेरिकाको रक्षा विभागले यस्तो प्रविधिको विकास गर्न लागेको छ जसले हतियार राखिएको सवारी साधन वा कारलाई आफ्नो लक्ष्यमा पुग्नुभन्दा पहिले नै रोक्ने छ।

अमेरिकी रक्षा विभाग पेन्टागनले संयुक्त नन लेदल वेपन्स प्रोग्राममार्फत रेडियो फ्रिक्वेन्सी भेहिकल स्टपर (Radio Frequency Vehicle Stopper) नामक डिभाइस बनाउन अनुसन्धान गरिरहेको छ जसले सवारी साधनमा आधारीत रहेर सर्वसाधारणलाई आक्रमणको लक्ष्य बनाउने क्रियाकलापलाई रोक्नेछ।

यस्तो प्रकारको हिंस्रक आक्रमणलाई रोक्न तथा अन्य सवारी साधनबाट हुने आक्रमणहरुलाई रोक्न सो डिभाइसले गाडिमा उच्च क्षमताका माइक्रोवेभ्स पठाउने छ । यस्तो माइक्रोवेभ्सले गर्दा गाडीको इन्जिन कन्ट्रोल यूनिटमार्फत त्यसको इलेक्ट्रिकल कम्पोनेन्टहरुलाई बन्द गराउन सक्नेछ जसले गर्दा इन्जिन तत्काल बन्द हुने सो परियोजनाका नेतृत्वकर्ता डेभिड ल ले जानकारी दिए।

हालै आएको रिपोर्टअनुसार अनुसन्धान समूहले यो प्रविधिको दुई किसिमको संस्करण विकास गरिरहेको छ, जसमा पहिलो ५० मिटर रेन्जको सानो क्षमताको र अर्को १०० मिटरको ठूलो क्षमताको हुनेछ।

यस्तो प्रविधिको माध्यमबाट खुला सार्वजनिक स्थानमा हुने सवारीसाधनमार्फतको आतंककारी घट्नालाई रोक्न सकिने छ।

यस्तो किसिमको प्रविधियुक्त डिभाइसको प्रोटोटाइप सन् २०१९ सम्ममा बनाउन सकिने आशा गरिएको छ।

यस्तो किसिमको प्रविधि त्यतिबेला मात्र संभव हुनेछ जतिबेला उच्च क्षमताका माइक्रोवेभ्स बीमहरुलाई इनर्जि खपत गर्ने हतियारहरु गाडिमा राखिएको हुनेछ।

यस्तो प्रविधि पूर्णरुपमा विकसित भएमा गाडिमार्फत हुने आतंककारी आक्रमण रोक्न सहयोग पुक्ष्ने अपेक्षा गर्न सकिने विश्लेषकहरुको भनाई छ।

https://youtu.be/H-tNhWSLufA

स्रोत माध्यम

Global Bank
easy care

प्रकाशित: १८ बैशाख २०७५, मंगलवार

ताजा समाचार