सामसंग ग्यालेक्सी ए सिक्स तथा सिक्स प्लसको नयाँ मोडल, फोनमा इनफिनिटी डिस्प्ले प्रयोग

Technology Khabar १८ बैशाख २०७५, मंगलवार

सामसंग ग्यालेक्सी ए सिक्स तथा सिक्स प्लसको नयाँ मोडल, फोनमा इनफिनिटी डिस्प्ले प्रयोग

काठमाडौं ।

काठमाडौं । सामसंगले ग्यालेक्सी ए सिरिजको नयाँ फोन बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीको ए सिक्स (Galaxy A6) तथा ए सिक्स प्लस(Galaxy A6+) कम्पनीको आधिकारिक वेबसाइटमा लिस्टेड भएको छ ।

सामसंगको नयाँ फोन आधिकारिकरुपमा सार्वजनिक नभएपनि इण्डोनेशियाको वेबसाइटमा यो फोन लिस्ट गरिएको हो ।

कम्पनीले यसको बारेका कुनै जानकारी दिएको छैन तर पनि यसको विशेषता र मुल्यको बारेमा लीक रिपोर्ट आएको छ ।

सामसंगले ए सिक्स र ए सिक्स प्लस संभवत केहि साताभित्रै सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । दुबै फोनमा सुपर एमोलेड इनफिनिटी डिस्प्ले राखिएको छ, जून हेर्दा ग्यालेक्सी नोट तगा ग्यालेक्सी एस ८ जस्तै देखिनेछ ।

ग्यालेक्सी ए सिक्समा ५.६ इन्चको स्क्रीन रहनेछ, जसको रिजोल्यूशन ७२०x१४८० पिक्सेल छ । त्यस्तै ग्यालेक्सी ए सिक्स प्लसमा ६ इन्चको स्क्रीन राखिने छ जसको रिजोल्यूशन १०८०x२२२० पिक्सेल हुने छ । दुबै फोनमा १८:५:९ आस्पेक्ट रेशियो राखिएको छ ।

सामसंग ग्यालेक्सी ए सिक्समा १.६ गीगाहर्ज अक्टाकोर चीपसेट तथा एस सिक्स प्लसमा १.८ गीगाहर्जको अक्टाकोर प्रोसेसर हुनेछ । दुबै फोनमा ३ जीबी र ४ जीबी र्याम तथा ३२ जीबीको स्टोरेज छ ।

फोटोका लागि ए सिक्समा १६ मेगापिक्सेलको अटो फोकस रियर क्यामरा छ भने सेन्सरका साथमा १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ । त्यस्तै ए सिक्स प्लसमा १६ मेगापिक्सेल र ५ मेगापिक्सेलको ड्यूल रियर क्यामरा तथा २४ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा हुनेछ ।

ग्यालेक्सी ए सिक्समा ३,००० एमएएचको ब्याट्री तथा ए सिक्स प्लसमा ३,५०० एमएएचको ब्याट्री प्याक हुने छ ।

यी दुबै फोनको मुल्य कति हुनेछ भन्ने जानकारी पनि बाहिर आएको छ । कम्पनीले औपचारिक घोषणा र मुल्य नतोके पनि ग्यालेक्सी ए सिक्सको मुल्य ३०० देखि ४०० यूरोको बचिमा र ए सिक्स प्लसको मुल्य ३६० देखि ४०० यूरोको बीचमा हुने अनुमान गरिएको छ ।

माध्यम

easy care

प्रकाशित: १८ बैशाख २०७५, मंगलवार