एनसीसी बैंकद्वारा बेनीमा शाखा स्थापना

Technology Khabar १६ बैशाख २०७५, आईतवार

एनसीसी बैंकद्वारा बेनीमा शाखा स्थापना

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले म्याग्दीको बेनी नगरपालिका, वडा नं. ७ मा शाखा कार्यालय स्थापना गरेको छ । सो शाखाको उद्घाटन गर्दै एनसीसी बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले यस शाखामार्फत बैकिङ्ग सेवा विस्तार गरी सो क्षेत्रको आर्थिक प्रगतिको लागि बैंक सहायक हुने कुरा बताए ।

साथै बैंकको शाखा स्थापना पश्चात सो क्षेत्रका वासिन्दा, पेशा व्यवसायी आदिलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्न तत्पर रहेको र यस क्षेत्रका जनताको समेत पूर्ण सहयोग रहने बताए ।

एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले यस क्षेत्रमा स्थापना भएको यस शाखाले गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एनसीसी बैंकको पछिल्लो वित्तीय विवरण अनुसार बैंकले यस आर्थिक वर्षको तेश्रो त्रैमासिकसम्ममा ५९.१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५२.१२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । साथै सोही अवधिमा बैंकको खूद नाफा ५४.३१ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।

प्रकाशित: १६ बैशाख २०७५, आईतवार

Comments are closed.

Loading...