कुलप्याडको कुल २ सार्वजनिक, ४ जीबी र्याम र ड्यूल रियर क्यामरा

Technology Khabar १६ बैशाख २०७५, आईतवार

कुलप्याडको कुल २ सार्वजनिक, ४ जीबी र्याम र ड्यूल रियर क्यामरा

काठमाडौं ।

काठमाडौं । चिनियाँ कम्पनी कुलप्याडको नयाँ फोन कुल २ (Cool 2) निकैपछि चीनमा सार्वजनिक भएको छ । कम्पनीले लेइको कम्पनीसँगको सहकार्यमा नयाँ फोन कुल २ चीनमा सार्वजनिक गरेको हो ।

यसअघि कम्पनीले सार्वजनिक गरेको कुल वानको सक्सेसरको रुपमा नयाँ फोन आएको हो ।

कुलप्याडको नयाँ फोनमा ५.७ इन्चको १८ः९ रेसियो भएको डिस्प्ले राखिएको छ जसको रिजोल्यूशन १४४०x७२० पिक्सेल छ । फोनको डिस्प्लेमा २.५डी कब्र्ड ग्लास प्रयोग गरिएको छ भने यसको डिस्प्ले कुनाहरुमा केहि घुमाउदार रहेको छ ।

यो फोन हेर्दा यसअघिका परम्परागत फोनहरु जस्तै रहेको छ ।

फोनमा मिडिया टेक एमटि ६७५० चीपसेटका साथमा ४जीबी र्याम र ६४ जीबी स्टोरेज राखिएको छ, जसलाई माइक्रो एसडीकार्डद्धारा बढाउन सकिन्छ ।

एन्ड्रोयड नूगट ७.० भर्सनमा आधारित यो स्मार्टफोनमा ड्यूल सिम कार्डसहित मेमोरी कार्डको लागि छुट्टै स्लट राखिएको छ ।

फोटोका लागि फोनमा ड्यूल रियर क्यामरा रहेको छ जसमा १३ मेगापिक्सेलको मेन र अर्को ०.३ मेगापिक्सेलको क्यामरा रहेको छ । त्यस्तै सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

कुलप्याडको कुल २ स्मार्टफोनमा ३,२०० एमएएचको नन रिमुभेबल ब्याट्री छ भने पछाडिको भागमा फिंगरप्रिन्ट राखेको छ ।

यो फोन चीनमा सार्वजनिक भएपनि कम्पनीले आधिकारिकरुपमा कहिलेदेखि उपलब्ध हुनेछ र यसको मूल्य कति भन्ने सार्वजनिक गरेको छैन् ।

माध्यम

easy care

प्रकाशित: १६ बैशाख २०७५, आईतवार

ताजा समाचार