माइक्रोसफ्ट स्टोरमा एप्पल आइट्यून्स उपलब्ध, निशुल्क डाउनलोडको सुविधा

Technology Khabar १४ बैशाख २०७५, शुक्रबार

माइक्रोसफ्ट स्टोरमा एप्पल आइट्यून्स उपलब्ध, निशुल्क डाउनलोडको सुविधा

काठमाडौं । यदि तपाई एप्पलको आइफोन प्रयोगकर्ता हुनुहुन्छ भने तपाईँलाई खुशीको खबर छ । तपाईसँग एप्पल आईडी र एप्पल म्यूजिकको सदस्यता छ भने अब एप्पल आइट्यून्स (Apple iTunes) तपाईँले माइक्रोसफ्ट स्टोरबाट पनि डाउनलोड गर्न सक्नुहुने भएको छ ।

एप्पलले आइफोन वा आइप्याड प्रयोग गर्नु हुन्छ भने तपाईँले पर्सनल कम्प्यूटर र तपाईँको स्मार्टफोन वा ट्याबलेटबाट डाटा सहजरुपमा ट्रान्सफर गर्न सक्नुहुनेछ ।

तपाईँ आइफोन वा आइप्याड प्रयोग गर्नुहुन्छ तर विण्डोज कम्प्यूटर प्रयोग गर्नुहुन्छ भने तपाईँलाई नयाँ सुविधा प्राप्त भएको छ ।

तपाईँले आफ्नो कम्प्यूटरमा भएको माइक्रोसफ्टको स्टोरबाट सिधै आईट्यून्स एप सेलेक्ट गरेर डाउनलोड गर्न सक्नुहुन्छ । अझ तपाई विण्डोज १० प्रयोग गर्नुहुन्छ भने यो अझ सहज भएको छ ।

यसअघि पनि माइक्रोसफ्ट कम्प्यूटरमा आईट्यून्स डाउनलोड गर्न सकिने सुविधा भएपनि त्यो अत्यन्तै झन्झटिलो थियो । जसको लागि एप्पलको वेबसाइटमा गएर इन्टलर फाइलालाई सिधै डाउनलोड गर्नुपर्ने हुन्थ्यो । तर अब भने माइक्रोसफ्टको स्टोरबाट नै आइट्यून्स डाउनलोड गर्न सकिने भएको हो ।

ध्यान दिनुपर्ने यो छ कि यो सुविधा विण्डोज १० (Windows 10) डिभाइसहरुमा मात्र उपलब्ध गराईएको छ भने यो निशुल्क डाउनलोड गर्न सकिन्छ ।

तपाईँले विण्डोज कम्प्यूटरमा एप्पल म्यूजिकको शुल्क तिरेर ग्राहक बन्नुभएको छ भने तपाइृँले एप्पल आइट्यून्टसको लागि पनि भुक्तानी गर्नुपर्ने हुन्छ ।

अब तपाईँले आफ्नो विण्डोज कम्प्यूटरबाट आइफोन वा आइप्याडमा सहजरुपमा डाटा आदान प्रदान गर्न सक्नुहुनेछ ।
तपाईँ पनि एक पटक प्रयोग गर्ने हो कि ?

प्रकाशित: १४ बैशाख २०७५, शुक्रबार

Comments are closed.

Loading...