एम भी दुगड़ ग्रुपको पियाजियो थ्री ह्विलर्सको पहिलो शाखा विराटनगरमा

Technology Khabar १४ बैशाख २०७५, शुक्रबार

एम भी दुगड़ ग्रुपको पियाजियो थ्री ह्विलर्सको पहिलो शाखा विराटनगरमा

काठमाडौं ।

काठमाडौं । नेपालमा पियाजियो थ्री ह्विलर्सका आधिकारिक बिक्रेता एम भी दुगड़ ग्रप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले विराटनगरको बरगाछीमा आफ्नो पहिलो सो रुमको उद्घघाटन गरेको छ ।

नयाँ शाखाको उद्घघाटन पियाजियो भेइकल्स इण्डियाका मेनेजर दिपक कुमार र नेपालका लागि पियाजियोका हेड अफ अपरेशन विजय महतोले संयुक्तरुपमा गरे ।

नेपालको विभिन्न स्थानमा यात्रु ओसारपसार तथा सामान ढुवानीका लागि उपयुक्त तथा प्रभावकारी साधनका रुपमा तीनपाँग्रे सवारीसाधनलाई लिने गरिएको छ । सो सवारी सानो पूँजी लगानी बाटै संचालन गर्न सकिने र सोही सरल सेवा सुविधाका लागि पियाजियो थ्रि ह्विलर्सको पहिलो शाखा विराटनगरको बरगाछीबाट शुरु गरिएको कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: १४ बैशाख २०७५, शुक्रबार

ताजा समाचार