प्युठान र अर्घाखाँचीमा जेसीबीको आधिकारिक आउटलेट

Technology Khabar १३ बैशाख २०७५, बिहीबार

प्युठान र अर्घाखाँचीमा जेसीबीको आधिकारिक आउटलेट

काठमाडौं ।

काठमाडौं । नेपालको लागि जेसीबीब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले प्युठानको जुम्री बजार र अर्घाखाँचीको सन्धिखर्चमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ ।

नयाँ ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टरसेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् । यस क्षेत्रमा निर्माण कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको हो ।

प्युठानको ‘एआरओ’ प्रमुख जिल्ला अधिकारी डा कृष्ण बहादुर घिमिरे र प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलले संयुक्त रुपमा गरेका थिए ।

त्यसैगरी, सन्धिखर्क ‘एआरओ’को उद्घाटन सन्धिखर्क नगरपालिका मेयर कमल प्रसाद भुषाल र अर्घाखाँची निर्माण व्यवसायी संघका अध्यक्ष ऋषिराम अधिकारले संयुक्त रुपमा गरेका थिए । दुवै नयाँ ‘एआरओ’बाट जेसीबी ब्रान्डका मेसिनहरुको पार्टस् विक्री गरिनुका साथै सर्भिस पनि दिइनेछ ।

योसँगै जेसीबीले सात वटा स्थानमा ‘एआरओ’ स्थापना गरिसकेको छ । गल्छी, चरिकोट, लहान, डडेलधुरा र बनेपामा यसअघि नै जेसीबीका आधिकारिक विक्री केन्द्र संचालन भइसकेका कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १३ बैशाख २०७५, बिहीबार