प्रविधिको दूरुपयोगले समाजिक सदभाव बिगार्यो– संचार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटा

Technology Khabar १३ बैशाख २०७५, बिहीबार

प्रविधिको दूरुपयोगले समाजिक सदभाव बिगार्यो– संचार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटा

काठमाडौं ।

काठमाडौं । विश्वभर अप्रिल महिनाको चौथो विहिवार मनाईने अन्तराष्ट्रिय गल्र्स इन आईसिटी डे (Girls in ICT Day) नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरि मनाईएको छ ।

गल्र्स इन आईसिटीको उपलक्ष्यमा नेपाल दूरसंचार प्राधिकरणद्धारा आयोजित एक कार्यक्रममा संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सूचना प्रविधिको मानविय जिवनमा निकै महत्व भएको हुँदा यसको दूरुपयोग रोक्नुपर्ने बताए ।

उनले हाम्रो जस्तो समाजको लागि वरदान हुनसक्ने भन्दै यसको समुचित प्रयोग गर्न आग्रह गरे ।

‘मानविय जिवनमा यसको सदुपयोग मानव जिवनको विकासको लागि हो भने हाम्रो हुर्कदो पुस्ताको विनासको कारण हो,’ राज्यमन्त्री बाँस्कोटाले भने ।

मन्त्री बाँस्कोटाले आधुनिक सुचना प्रविधिको सहयोगबाट कुन कुन क्षेत्रको विकास गर्न सकिन्छ त्यसको सम्पूर्ण उपयोग गर्न सक्नुपर्ने बताए । यसको दूरुपयोगले सामाजिक सम्बन्धमा समस्या आएको भन्दै सदूपयोग भन्दा दूरुपयोग बढि भएको दाबी गरे ।

उनले अझै मुलुकको आधा क्षेत्रमा सूचना प्रविधिको स्रोत साधन नपुगेको भन्दै त्यसमा आफ्नो क्षमता अनुसार सुधार गर्दै जाने जानकारी दिए ।

कार्यक्रममा नेपालमा सूचना प्रविधिको क्षेत्रमा क्रियाशिल तथा योगदान गरेको पाँच महिलाहरुलाई सम्मान समेत गरिएको थियो ।

Global Bank
easy care

प्रकाशित: १३ बैशाख २०७५, बिहीबार

ताजा समाचार