ओपो एफ सेभेन नेपाली बजारमा, एचडिआर सेन्सरसहितको २५ मेगापिक्सेल सेल्फी क्यामरा

Technology Khabar १२ बैशाख २०७५, बुधबार

ओपो एफ सेभेन नेपाली बजारमा, एचडिआर सेन्सरसहितको २५ मेगापिक्सेल सेल्फी क्यामरा

काठमाडौं ।

काठमाडौं । चिनिया स्मार्टफोन ब्राण्ड ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले एफ सिरिज अन्तर्गतको नयाँ फोन एफ सेभेन बजारमा ल्याएको हो।

एफ सेभेनमा रियल टाइम एचडिआर सेन्सरसहितको २५ मेगापिक्सेलको सेल्फी क्यामरा छ।

सेल्फी फोटोग्राफीका लागि एफ सेभेनले परिस्कृत प्रविधि लगायत एआईमा आधारित अन्य वैकल्पिक फिचरहरुको उपयोग गरिएको कम्पनीले जनाएको छ।

त्यस्तै फोनमा १६ मेगापिक्सेलको रियर क्यामरा छ। यसमा १.८ अर्पाचर लेन्सको प्रयोग गरिएको छ। यसको रियर क्यामराले बढी वा कम प्रकाश भएको दुबै अवस्थामा उत्कृष्ट फोटो खिच्न सक्ने बतार्इएको छ। फोनबाट खिचिएका फोटो डिजिटल क्यामेराबाट खिचिएका तस्विर झैँ विस्तृत विवरण र उच्च गुणस्तरका हुने कम्पनीको दाबी छ।

एफ सेभेन सार्वजनिक गर्दै ओपो नेपालका सिइओ बबी ट्राओले उपभोक्ताले चाहेको सबै प्रकारको विशेषता यस फोनमा भएको दाबी गरे।

फोनमा ६.२३ इन्चको एफएचडी सुपर फुल स्क्रिन छ। फोनमा उपलब्ध रहेको एप–ईन–एप सुविधाले प्रयोगकर्तालाई गेम खेलिरहेको वा चलचित्रको हेरिरहेको अवस्थामा सहजरुपमा ईनकमिङ कल लिने वा नकार्ने सुविधा उपलब्ध गराउने कम्पनीको भनाई छ ।

कम्पनीले एफ सेभेनका साथमा १२८ जीबी स्टोरेज भएको एफ सेभेन ब्ल्याक डाइमण्ड मोडल पनि सार्वजनिक गरेको छ ।

४ जीबी र्याम र ६४ जीबी इन्टरनल स्टोरेज क्षमता भएको एफ सेभेनको मूल्य ३६ हजार ५ सय ९० रुपैयाँ रहेको छ। यो फोन रातो, सिल्भर र कालो गरी तीन वटा रंगमा उपलब्ध छ।

त्यस्तै ६ जीबी र्याम र १२८ जीबी इन्टरल स्टोरेज क्षमता भएको भेरियन्टको मूल्य ४६ हजार ५ सय ९० रुपैयाँ तोकिएको छ। यो फोन रातो र कालो गरी दुई रंगमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।

easy care

प्रकाशित: १२ बैशाख २०७५, बुधबार