सेञ्चुरी कमर्सियल बैंकको नाफामा शतप्रतिशतले वृद्धि

Technology Khabar १२ बैशाख २०७५, बुधबार

सेञ्चुरी कमर्सियल बैंकको नाफामा शतप्रतिशतले वृद्धि

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चैत्र मसान्त सम्ममा ६३ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । सो मुनाफा गत त्रैमासको तुलनामा १सय ३ प्रतिशतको बृद्धि हो । बैंकले गत वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत भन्दा बढी खुद नाफा कमाएको छ ।

बैंकले चैत्र मसान्त सम्ममा ५२.७३ अर्व निक्षेप संकलन गरी ५० अर्व रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको जानकारी दिएको छ ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले विगत सात महिनादेखि का.मु.प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार समाल्दै आएका छन् ।

यस अवधीमा बैंकले ९ वटा थप शाखाहरु समेत सञ्चालनमा ल्याएको छ । हाल बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउण्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउण्टर साथै १० वटा शाखारहित बैकिंङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जनाएको छ ।

TK Viber

प्रकाशित: १२ बैशाख २०७५, बुधबार

Loading...