एनबीआर्इले वित्तीय संस्थाहरुलाई डिजीटाइजेशन सेवा दिने

Technology Khabar ९ बैशाख २०७५, आईतवार

एनबीआर्इले वित्तीय संस्थाहरुलाई डिजीटाइजेशन सेवा दिने

काठमाडौं ।

काठमाडौं । नेशनल बैंकिंग इन्स्टिच्यूट (एनबीआर्इ)ले बैंकिंग डिजीटाइजेशनका विज्ञ राहुल जोशीसंग हालसालै नयाँ सम्झौता-पत्रमा हस्ताक्षर गरेको छ । लगभग २ दशक सम्म एक्लैले भारतको सबैभन्दा ठुलो निजी बैंक आर्इसीआर्इसीआर्इको डिजीटल नीति सम्हाल्दै आएका जोशी मुम्बईका बासिन्दा हुन् ।

यस सम्झौताअनुरूप एनबीआर्इले यहाँका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई डिजीटाइजेशनका सम्बन्धमा परामर्श सेवा प्रदान गर्ने भएको छ ।

यसबाट बैंक तथा वित्तीय संस्थाहरुले डिजीटाइजेशनलाई एक प्रकारको व्यापारिक रणनीतिको रूपमा लिएर अगाडि बढी निकै प्रभावकारी ढंगले ग्राहक तथा व्यापार व्यवसायलाई अभिवृद्धि गर्न सक्षम हुने बतार्इएको छ ।

एनबीआर्इले आगामी दिनमा सर्टिफिकेशन कोर्स संचालन गर्नुका साथै डिजीटाइजेशन सम्बन्धि परामर्श सेवाको थालनी गर्ने जनाएको छ ।

easy care

प्रकाशित: ९ बैशाख २०७५, आईतवार