भीभो भी नाइन यूथ स्मार्टफोन नेपालमा आउने, फुल एचडीप्लस एमोलेड डिस्प्ले र ड्यूल रियर क्यामरा

Technology Khabar ९ बैशाख २०७५, आईतवार

भीभो भी नाइन यूथ स्मार्टफोन नेपालमा आउने, फुल एचडीप्लस एमोलेड डिस्प्ले र ड्यूल रियर क्यामरा

काठमाडौं ।

काठमाडौं । भिभोको नयाँ स्मार्टफोन भी नाइन युथ (Vivo V9 Youth) नेपाली बजारमा आउने भएको छ । कम्पनीले केहि साताअघि मात्र बजारमा भिभो भी नाइन (Vivo V9) स्मार्टफोन सार्वजनिक गरेको थियो ।

भिभो भी नाइनको बजार प्रतिकृयाबाट उत्साहित हुँदै कम्पनीले नेपाली बजारमा भी नाइनको नयाँ भर्सन भिभो भी नाइन यूथ सार्वजनिक गर्न लागेको हो ।

कम्पनीले अप्रिल महिनाभित्रै नेपालमा भी नाइन यूथ भित्र्याउने तयारी गरेको कम्पनी सम्बद्ध स्रोतले जानकारी दिएको छ।

यसैबीच भी नाइन यूथ भारतीय बजारमा सार्वजनिक भएको छ । कम्पनीले भारतीय बजारमा अनलाइन तथा आधिकारिक स्टोरमा आइतवारदेखि उपलब्ध गराउने भएको हो । भीभो भी नाइन यूथमा ६.३ इन्चको फुल एचडी प्लस एमोलेड (6.3 FHD+ AMOLED) डिस्प्ले राखिएको छ, जसको स्क्रीन रिजोल्यूशन २२८०x१०८० पिक्सेल छ ।

क्वालकम स्न्यापड्रागन ४५० अक्टा-कोर प्रोसेसर राखिएको फोनमा ४ जीबी र्याम तथा ३२ जीबी स्टोरेज रहेको छ । यसको स्टोरेज माइक्रो एसडी कार्डद्धारा २५६ जीबीसम्म बढाउन सकिन्छ ।

फोटोका लागि भी नाइन यूथमा १६ मेगापिक्सेल र २ मेगापिक्सेलको ड्यूल रियर क्यामरा राखिएको छ । भिडियो कलिंग तथा सेल्फीका लागि १६ मेगापिक्सेलको वाइड एंगल लेन्स राखिएको छ । क्यामरामा बोकेह मोड, सट रि फोकस, एआई फेस ब्यूटी, एआर स्टीकर तथा फोरके भिडियो रहेको छ । एन्ड्रोयड ८.१ ओरियोमा आधारित यो फोनमा ३,२६० एमएएचको ब्याट्री प्याक रहेको छ ।

कनेक्टिभिटीका लागि फोनमा फोरजी भिओएलटिई, ब्लूटूथ ४.२, वाईफाई, जीपीएस, ड्यूल सिम तथा माइक्रो यूएसबी २.० रहेको छ ।

भारतीय बजारमा यो फोनको मूल्य १८,९९९ भारु तोकिएको छ तर नेपालमा भने यसको मूल्य बारे अहिलेसम्म कुनै जानकारी आएको छैन् । संभवत यो फोन बजारमा ३० हजार रुपैयाँको हाराहारीमा उपलब्ध हुन सक्नेछ ।

easy care

प्रकाशित: ९ बैशाख २०७५, आईतवार